गण्डकी प्रदेशमा नै पहिलो पटक कोरोना संक्रमित एक जनाको मृत्यु, संक्रमितको संख्या ११५ पुग्यो ।।

0


माया कंडेल
जेठ २६, गैंडाकोट
गण्डकी प्रदेशमा नै पहिलो पटक कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । स्याङजा वालिङ नगरपालिका घर भएका ६० बर्षका १ जना पुरुषको मृत्यु भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार कोरोना संक्रमणबाट पोखरा आईसोलेसनमा भर्ना गरिएका स्याङजाका १ पुरुषको मृत्यु भएको हो ।  स्याङ्जामा कोरोनाका कारण १ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।


यस्तै आज गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज १ जनामा पुष्टी भएसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ । गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका स्थायी ठेगाना भई पोखरा महानगरपालिकाको आईसोलेसनमा रहेका ४२ वर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाँलाई अहिले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लगिएको छ ।

Share.

Leave A Reply