परिस्थितीले सिकाएको सुरक्षा, ‘मास्क मुखमा र सेनीटाइजर हातमा प्राय टुट्दैन’

0

क्वारेनटाइनमा रहनेहरुको अवस्था वारे वुझ्दै गैडाकोट १४ की वडाअध्यक्ष कोकीसरा रानामगर

डोलराज रानाभाट, २६ जेठ, गैडाकोट । गैडाकोट १७ की ६५ वर्षीय थर सुनारी आमाले मास्क लगाएको सायदै यो पहिलो पटक हो भन्नुहुन्छ । फागुन महिनाको अन्तिम साता छोरालाई भेट्न वुहारी, नाती नातिना र श्रीमान् सहित भारतको देरादुन पुग्नुभयो । तर छोरालाई भेटेको तीन दिनमै लकडाउन भएको खवर सुन्नुभयो । कारण थियो कोरोनाको महामारी फैलनु ।

गाउँघरको पुरै खवर सुनाउन नपाउदै भारतमा भएको लकडाउनले उहाँ सहित सवैलाई साँढे २ महिना कोठामै थुनायो । सुनारी भन्नुहुन्छ,“ हाम्रो पालामा विमारी भए जडिवुटी खाएपछि सञ्चो हुन्थ्यो तर यो कस्तो रोग रहेछ । थुकको छिटा परे सर्छ भन्ने जानेकी छु । जसबाट बच्न मास्क लगाएँ ।

सावुन पानीले पटक पटक हात धुने हातमा स्यानिटाइजर लगाउने गरिरहेको छु । अव रिर्पोटको पर्खाइमा छु ।” उहाँ गैडाकोट नगरपालिकाको एक विद्यालयमा वनाइएको क्वारेनटाइनमा हुनुहुन्छ । “१२ दिन भयो क्वारेनटाइनमा वसेको, यहाँ वस्दापनि कसैसँग छुइएको छैन । अलग अलग वसेका छौँ । यहाँको क्वारेनटाइनमा आएपछि त घरमै वसे जस्तो भएको छ । कोरोना लागेको होला भन्ने डर नै लागेको छैन, उहाँले भन्नुभयो ।

क्वारेनटाइनमा रहदा अहिले उहाँ तातो पानी नियमित प्रयोग गर्नुहुन्छ भने व्यक्तिगत सरसफाइमा पनि त्यति नै ध्यान दिइरहनु भएको छ । भारतमा रहदापनि वाहिरी मानिससँग उहाँले भेट्नुभएन भने भीडभाड हुने ठाउँमा जाँदै जानु भएन । “यस्तो आउला भनेर कसले जान्यो र ? वावु, सुनारी थप्नुहुन्छ, केही नवुझेको केही नजानेको । तर परिस्थितीले सवै सिकायो । ” पहिल्यैबाट ढाडको विरामी उहाँ क्वारेनटाइनमा औषधि लिइरहनुभएको छ । “अरुलाई पनि वचाम आफू पनि वचम भन्ने धारणाले क्वारेनटाइनमा वसेको छु । उहाँलाई सँगै साथ दिइरहनुभएको छ उहाँका ७२ वर्षीय श्रमान्ले । कोरोना लागेको व्यक्तिको सम्पर्कमा नगएको बताउदै उहाँ नेपाल जना मात्रै पाएपनि सुरक्षित भइयला भन्ने उहाँलाई लागिरह्यो । भारत हुँदा अरुको देशकै कोठा भित्रै मर्नुपर्छ की भन्ने लागेको थियो तर अहिले यहाँ हुँदा उहाँलाई कोरोनाको डर नै छैन । भन्नुहुन्छ, “यहाँ आएपछि आफ्नै घरमा वसे जस्तो भाछ । स्कुलमा वसेपनि आफ्नै घरमा वसेजस्तो लाछ । कोरोनाबाट बचेम भन्ने छ ।”

स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल सहितको टोलीद्धारा अनुगमन

गैंडाकोट १४ का २६ वर्षीय विश्वकर्मा युवा पनि सोही क्वारेनटाइनमा हुनुहुन्छ । हामी यहाँ रहदा पनि सामाजिक दुरी कायम गरेका छौँ उहाँ भन्नुहुन्छ,“ जसले मास्क लगाउनु हुन्न उहाँलाई सम्झाउने र आवश्यक अन्य सहयोग गरिरहेका छौँ ।” विभिन्न उमेर समूहका क्वारेनटाइनमा रहदा सुरक्षाका विधि अपनाएर सहयोग गर्ने काम युवाहरुले गरिरहनुभएको छ । नियमित औषधिहरु प्रयोगकर्ताहरुका लागि औषधि मगाउने, खाने विधि सिकाउने, मास्क नलगाए लगाउन भन्ने आदि कार्य उहाँ लगायत अन्य युवाले गर्नुहुन्छ । भारतबाट सिधै सुनौली, त्यसपश्चात गाउँपालिले पठाएको वसमा आएर विद्यालयको क्वारेनटाइनमा रहदा उहाा खुशी हुनुहुन्छ । धुँवा धुलो बाट बच्न यसअघि पनि मास्क लगाउने गरेपनि सेनीटाइजर प्रयोग भने उहाँले पनि पहिलो पटक गर्नुभयो । जव रोग सुरु हुँदै गयो त्यसपछि उहाँलाई ज्ञान भयो ।

उहाँ भन्नुहून्छ,“मास्क त धुँवा धुलो छेक्न पहिला पनि लगाइन्थ्यो तर अहिले वढि मात्रामा यसको प्रयोग साथै सेनीटाइजर, मास्क आफ्नो कपडा दिनहुँ सफा गर्ने र नुहानउने गर्छु ।”क्वारेनटाइनमा रहदा तातो पानी, वेसार पानी पिइ रहनु भएको छ । उहाँ थप्नुहुन्छ,“केही भए जस्तो त लाग्दैन तरपनि रिपोर्ट आएपछि थाहा हुने कुरा हो । वाहिरबाट आएको मान्छे थोरै केही हुन्छ की भन्ने छ तर आफ्नै ठाउँको क्वरेनटाइनमा आउदा र कोरोनाको संक्रमण फैलन नदिन अपनाईने विधिहरु अपनाउदा रत्तिपनि कोरोनाको डर छैन ।” क्वारेनटाइनमा रहदा साथीहरु वीच पनि टाढा टाढा रहेर कुरा हुन्छ भने समाचार हेर्ने र दैनिक अपडेट भइरहनुहुन्छ ।

क्वारेनटाइनमै पुगेर प्रेसर चेकअप गर्दै स्वस्थ्यकर्मी

गैडाकोट १५ का युवा श्रेष्ठ भारतको एक होटलमा कुकको काम गर्नुहुन्थ्यो । होटल भित्रै काम भित्रै रहने गर्दा उहाँलाई कोरोनाको उहीबाट डर छैन । साहुले नै रेलवे सम्म आउने वस मिलाए । त्यहाँ उहाँकै टिम थियो । रेलबाट नाका आएपछि नगरले पठाएको वसमा सिधै आएर क्वारेनटाइनमा हुनुहून्छ । अहिले सरसफाइमा ध्यान दिँदै मास्कको प्रयोग, कोठामा वस्दा पनि मास्क ननिकालेर वस्ने, टाढै रहेर एका अर्कावीच कुराकानी गर्ने,पानी पनि चिसो पिउनुभएको छैन । खाना पनि समय मिलाएर खानु भएको छ वाहिरको खाना खानु भएकै छैन ।

गैडाकोट १५ का २७ वर्षीय विश्वकर्मा युवा पनि अहिले नियमित सावुन पानीले हात धुने, मास्क नछुटाउने गर्नुहुन्छ । भन्नुहुन्छ, “भारतमा हुँदा कोठामै वस्दा वस्दै मृत्यु हुन्छकी भन्ने लाग्थ्यो । तीन दिन भयो । यहाँ आएपछि कोरोना होला भन्ने लागेको छैन । ” उहाँ रहदा भने मानिस आवतजावत गर्ने, भीडहरु धेरै हुने गर्दा उहाँलाई कोरोना संक्रमण हुने डर थियो । सडकबाट ननिस्कीएपनि आफू वस्ने नजिकको टोलमा १५ देखि २० जना संक्रमित भइसकेको उहाँ सम्झनु हुन्छ । तर उहाँ रहदापनि वाहिर ननिस्कने गरेको बताउँदै चेन्नईबाट यहाँ आएपछि ढुक्क भएको बताउनुभयो ।

अहिले उहाँहरु सवै पीसीआर परीक्षणको पर्खाइमा हुनुहुन्छ । हिजो शनिवार मात्रै गैडाकोट नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेल सहितको टोलीले नगरभित्रका सवै क्वारेनटाइनमा वस्नेहरुको स्वास्थ्य अवस्था सहित अन्य समस्याको वारे सोधपुछ गर्नुभएको थियो । नगरभित्र आउनुभएका सवैको रेकर्ड नगरस्वास्थ्य शाखामा रहेको र सोही अनुसार सवैको समयावधि अनुसार पीसीआर परीक्षण गरेर मात्रै घर पठाउने बताउनुभयो । सो अवसरमा क्वारेनटाइनमा कोरोना नभई अन्य समस्या रहनुभएका व्यक्तिको स्वास्थ्य अवस्था वारे चेकजाँच पनि गर्नुभएको थियो । १४ दिन अनिवार्य क्वारेनटाइन वस्नुपर्ने उहाँहरुको आज स्वाव संकलन गरिदै छ ।

हालसम्म नगरपालिकामा ६८ जना क्वारेनटाइनमा रहेका छन् । जसमा ६ जना महिला रहनुभएको छ । नगरभित्र रहेको गैडाकोट ११ को कभर्ड हलमा ५ जना, लक्ष्मी माविमा २१ ज्ना, नारायाणी माविमा १५ जना, जनशक्ति आधारभूत विद्यालयमा ६ जना, नेपाल राष्ट्रिय शमशेर माविमा १४ जना, भाग्यदोय प्राविमा १ जना, एसपीएम कलेजमा ६ जना वसिरहनुभएको छ । उहाँहरु सवैको अवस्था सामान्य रहेको पौडेलले बताउनुभयो । अहिले नगरपालिकाले आफ्नै खर्चमा भिटिएम खरिद गरी यहीका स्वास्थ्य प्राविधिकहरुले स्वाव संकलन गर्ने गरेका छन् । भरतपुर कोरोना विशेष अस्थायी अस्पतालबाट प्रशिक्षण लिएपछि उहाँहरुले स्वाव संकलन गर्न सुरु गर्नुभएको हो ।

परीक्षणका लागि भरतपुर कोरोना परीक्षण प्रयोगशाला वा पोखरा पठाइने गरिएको छ । यस अघि १८ जनाको स्वाव पीसीआर विधिबाट नगेटिभ आएपछि घर पठाइएको छ । घर रहदापनि थप १४ दिन होमक्वारेनटाइनमा वस्न सुझाव दिएर मात्रै पठाउने गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो ।

फेसवुक पेजको भिडियो लिंक : https://www.facebook.com/vijayafm/videos/2730164780553542/ 

भिडियो रिपोर्ट 

Share.

Leave A Reply