गैंडाकोट नगरभित्र करिव ५ सय हेक्टर मकैमा फौजी किरा देखियो

0


माया कंडेल
जेठ २५, गैंडाकोट
जुनसुकै मौसममा पनि मकैबाली लगाउन मिल्ने मौसम गैंडाकोटमा छ । त्यसैले पनि यहा ४ बाली मकै खेती गर्ने किसान धेरै भेटिन्छन । के हिउद के बर्खा गैंडाकोटको धेरै स्थानमा मकै बाली देख्न सकिन्छ गैंडाकोटको वडा नम्बर ६, ७ र ८ मा मकै पकेट क्षेत्र पनि घोषणा गरिएको छ । गैंडाकोट ७ मा १ सय हेक्टर मकै ब्लक , वडा नम्बर ६ र ८ मा ३० हेक्टर मा पकेट क्षेत्र घोषणा गरिएको छ । त्यो बाहेक अन्य क्षेत्रफलमा पनि मकै खेती हुदै आएको छ । गैंडाकोट नगरभित्र अहिले ७÷८ सय विघा क्षेत्रफलमा मकै खेति रहेको गैंडाकोट कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो । त्यसमध्ये करिव ५ सय हेक्टरमा फौजी किरा देखिएको विजय एफएम संग कुराकानी गर्दै जानकारी दिनुभएको छ । गैंडाकोटको पहाडी क्षेत्र ३ र् १८ त्यससंगै वडा नम्बर १० भन्दा उताको भुभागमा अहिले फौजी किरा देखिएकाले किसान के गर्ने के नगर्ने भन्नेमा अन्योलता भएको उहाको भनाई छ ।
गैंडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख शर्माले निशुल्क रुपमा फौजी किराको लागि बिषादी नगरले उपलब्ध गराउने बताउनुहुन्छ । कृषकहरु कृषि शाखा गैंडाकोटमा आए विषादी उपलब्ध गराई छर्ने तरिका पनि सिकाईने उहाको भनाई छ । फौजी किरा नियन्त्रण गर्न गाहे हुने हुनाले बिषादी प्रयोग गर्दा १० ÷१० दिनको फ्रकमा प्रयोग गर्नुपर्ने गैंडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो ।


मकै खेतीमा फौजी किरा देखएपछि किसान चिन्तीत बनेका छन । यता नगरपालिकाले कृषि उत्पादनलाई महत्वपूर्ण दिने भनिरहदा कृषकका यस्ता समस्या समाधानमा पनि उत्तिकै सचेत हुन आवश्यक छ ।

Share.

Leave A Reply