नेपालमा कोभिड–१९ संक्रमितहरुको सङ्ख्या ३ हजार ४ सय ४८, आज २ सय १३ जनामा संक्रमण, आज एकैदिन १०२ जना डिस्र्चाज

0


माया कंडेल
गैंडाकोट , जेठ २५
पुर्वी नवलपरासी हुप्सेकोट गाउँपालिकाका ४ जना सहित आज २ सय १३ जनामा संक्रमण देखिएसँगै नेपालमा कोभिड–१९ पुष्टी भएका कुल संक्रमितहरुको सङ्ख्या ३ हजार ४ सय ४८ पुगेको छ । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा २०९ पुरुष र ४ जना महिला गरि आज २ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
प्रदेश १ का १२ वटा जिल्लामा २५९ जना, प्रदेश २ का सबै ८ वटा जिल्लामा ११६१ जना, बागमती प्रदेशका १२ जिल्लामा ९२ जना, गण्डकी प्रदेशका ९ जिल्लामा १११ जना, प्रदेश ५ का १२ जिल्लामा १०८१ जना, जसमा रोल्पा जिल्ला थप भएको छ , कर्णाली प्रदेशका ९ वटा जिल्लामा ६३३ जना र सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लामा १११ जनामा संक्रमण देखिएको छ । यससंगै जिल्ला ७१ जिल्ला पुगेको छ ।
पछिल्लो पटक १०२ जना डिस्र्चाज भएका छन् । हालसम्म ४६७ जना निको भई घर फर्किएका छन् । भने १३ जनाको कोरोना भाईरसका कारण मृत्यु भएको छ ।

Share.

Leave A Reply