हुप्सेकोटका ४ संक्रमितमध्ये एक जनामा लक्षण देखियो,सँगै आएका २९ जनामा अन्यको स्वाव लिन वाँकी

0

डोलराज रानाभाट, २५ जेठ, गैडाकोट । गण्डकी प्रदेशका ४ जिल्लामा आज ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार आज स्याङजाका १४, बाग्लुङका १० , गोरखाकाका १० र नवलपुरका ४ गरी ३८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । उनीहरु सवै पुरुषहरु रहेका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको कुल सख्या ११३ पुगेको छ भने नवलपुरमा १७ पुगेको छ ।

आज नवलपुरको हुप्सेकोट गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टी भएको हो । उनीहरुको गत जेठ २० गते स्वाव संकलन गरी परीक्षणको लागि पोखरा पठाइएको थियो । उनीहरु २०,३५,३५,र ४५ वर्षीय पुरुषहरु हुन । सवै हुप्सेकोट गाउँपालिका वडानम्वर २ निवासी रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । उनीहरु भारतको हिमाञ्चल प्रदेशबाट गत जेठ ११ गते प्रस्थान गरी जेठ १४ गते सुनौली नाका आइपुगेका थिए । त्यसपश्चात गाउँपालिकाले पठाएको गाडीमा उनीहरुलाई हुप्सेकोट ल्याएर वडानम्वर २ को जनता आधारभूति विद्यालयको क्वारेनटाइनमा राखिएको थियो। उनीहरुसँगै २९ जना आएपनि क्वारेनटाइनमा वस्दा खोकी लाग्ने जस्ता लक्षण देखिएपछि गत जेठ २० गते ७ जनाको स्वाव संकलन गरी परीक्षणको लागि पोखरा पठाइएको थियो ।

जेठ २० मा ४५ जनाको स्वाव पठाइएकोमा अन्य सवै त्यसअघि नै क्वारेनटाइनमा आएर वसेका थिए । संक्रमित मध्ये ३५ वर्षीय एक पुरुषलाई लक्षण देखिएपछि रिपोर्ट आउनु अघिनै भरतपुर अस्पताल लगिएको थियो । अहिले उहाँको त्यही उपचार भइरहेको छ भने अन्य तीन जनालाई रजहर स्थित प्राकृतिक चिकित्सालयमा राखिएको छ ।

गाउँपालिकाको क्वारेनटाइनमा एक गर्भवती महिला सहित अहिले २२२ जना रहेको र ७२ जनाको स्वाव पीसीआर विधिबाट परीक्षण भएकोमा ४ जनामा पोजेटिभ देखिएको स्वस्थ्य संयोजक सापकोटाले बताउनुभयो ।नवलपुरमा अव कोरोना संक्रमित नदेखिएका स्थानीय तहहरुमा गैडाकोट नगरपालिका, वौदिकाली र मध्यविन्दु रहेका छन् ।

Share.

Leave A Reply