गैंडाकोट ५ काँग्रेस चोकमा व्यवस्थित प्रहरी वीट बन्दै

0

डोलराज रानाभाट, २४ जेठ, गैडाकोट । गैडाकोट नगरपालिका वडानम्वर ५ काँग्रेस चोकमा प्रहरी वीट वन्दै छ । वढ्दो व्यापार व्यवसाय र जनघनत्वको आधारमा नेपाल प्रहरीको निरन्तर निगरानी आवश्यक रहेको उक्त ठाउँमा स्थानीय व्यवसायी सालिकराम सापकोटाको नेतृत्वमा प्रहरी वीट निर्माणको कार्य जारी रहेको हो ।

३,४ वर्ष पहिले नै आफूलाई यहाँ प्रहरी वीट निर्माण गरी सुरक्षाको प्रवन्ध हुनुपर्छ भन्ने सोच रहेको र अहिले आएर त्यसले मूर्तरुप पाएको सापकोटाले बताउनुभयो । सापकोटा सहित गजेन्द्र श्रेष्ठ,विपीन भक्त अधिकारी, रविन्द्र न्यौपाने को विशेष पहलमा स्थानीय, समाजसेवी,व्यवसायी लगायतसँग २ सय देखि माथि संकलन गरी वीट निर्माणलाई तिव्रता दिइएको हो । स्थानीयको पनि सहभागीता भएपछि अपनत्व महसुस हुने र त्यसको संरक्षणमा पनि सहज हुने भएकाले निर्माण कार्यलाई तिव्र पारिएको उहाँले बताउनुभयो । इलाका प्रहरीसँग समन्व गरेर प्रहरीलाई स्टाण्ड वाई राख्न मञ्जुर भएपछि निर्माणको थालनी गरिएको सापकोटाले बताउनुभयो । छाना छाएर सकिएको र अव वत्ति पंखा खानेपानी, फर्निचर हरुको व्यवस्थापन गर्न वाँकी रहेको बताउँदै सापकोटाले करिव १ लाख रुपैयाको लागतमा प्रहरी वीट निर्माण सम्पन्न हुने बताउनुभयो ।

धेरै कुराको व्यवस्थापन गर्न वाँकी भएकाले वास्तविक खर्च पछिनै सार्वजनिक हुने उहाँको भनाई छ । उक्त वीट कारणवस अन्त सार्न परेपनि पmोल्डीङ स्टीम भएकाले सहज हुने र तल मोजाक टायल विच्छाइएको सापकोटाको भनाई रहेको छ । काँग्रेस चोकमै रहेको सुन पसल चोरी भएपछि चाँडै वीट निर्माण हुनुपर्नेमा आफू सक्रिय रहेको बताउँदै सापकोटाले छिट्टै वीटको उद्घाटन गरिने बताउनुभयो ।

अहिले इलाका प्रहरी कार्यालय गैडाकोटले काँग्रेसचोकमा ड्युटी गरेपनि गाडि भित्र वस्नुपर्ने वा पुरानो प्रतिक्षालयमा वसेर सुरक्षा दिनुपर्ने वाध्यता रहेको छ । वीट निर्माणपछि ड्युटीमा वस्नेलाई सहज हुने र शान्ति सुरक्षा थप चुस्त दुरुस्त राख्न मद्दत पुग्ने इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख चन्द्र वहादुर थापाले बताउनु भयो ।

Share.

Leave A Reply