नवलपुरमा १३ जनामा कोभिड १९ संक्रमण पुष्टी (जिल्लाको अन्य विवरण हेर्नुहोस्)

0


प्रेम क्षेत्री
जेठ २४, गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्लामा हालसम्म १३ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा आज ३ जनामा यसको पुष्टी भएको हो ।

जिल्लामा हालसम्म पिसिआर विधिबाट ४ सय १७ जनाको परिक्षण गरिएको छ । जसमध्ये ४ सय ४ जनाको नतिजा नेगेटिभ रहेको स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । साथै उहाँले २० गते लिईएको १३४, २२ गते लिएको ६९ जना, २३ गते लिईएको १७८ जना र आज विनयी त्रिवेणीमा लिईएको १८ वटा नमुना संकलनको रिपोर्ट आउन बाँकी समेत रहेको जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म २ हजार ५ सय ३३ जनाको आरडिटि विधिबाट परिक्षण गरिएको छ । जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा वस्नेको संख्या ५ रहेको छ । हाल क्वारेन्टाइनमा वस्नेको संख्या १ हजार ३ सय ९ रहेको छ । भारतबाट आउनेको संख्या १ हजार ४ सय ५२ र बाहिरी जिल्लाबाट आउनेको संख्या १ सय १० रहेको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply