नेपालमा कोभिड–१९ संक्रमितहरुको सङ्ख्या ३ हजार २ सय ३५, आज ३ सय २३ जनामा संक्रमण, मृतकको सङ्ख्या १३ पुग्यो

0


प्रेम क्षेत्री जेठ २४, गैंडाकोट ।
पुर्वी नवलपरासी विनयी त्रिवेणीका ३ जना र पश्चिम नवलपरासीका २ सहित आज ३ सय २३ जनामा संक्रमण देखिएसँगै नेपालमा कोभिड–१९ का पुष्टी भएका कुल संक्रमितहरुको सङ्ख्या ३ हजार २ सय ३५ पुगेको छ ।
देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा २८६ पुरुष र ३७ जना महिला गरि आज ३ सय २३ जनामा संक्रमण देखिएको होे । संक्रमित ३ हजार २ सय ३५ मध्ये पुरुष ३ हजार ३ जना र महिला २ सय ३२ जनामा यसको संक्रमण देखिएको हो ।
प्रदेश १ का १२ वटा जिल्लामा २४९ जना, प्रदेश २ का सबै ८ वटा जिल्लामा १०७७ जना, बागमती प्रदेशका १२ जिल्लामा ९० जना, गण्डकी प्रदेशका ९ जिल्लामा ७३ जना, प्रदेश ५ का ११ जिल्लामा १०६१ जना, कर्णाली प्रदेशका ९ वटा जिल्लामा ५७९ जना र सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लामा १०६ जनामा संक्रमण देखिएको छ ।
७० जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
डोल्पामा १ जना ५८ वर्षिया पुरुष र धनगढी ४ की ५५ वर्षिया महिला सहित २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृतक उनिहरुको गरिएको पिसिआर परिक्षण पोजेटिभ रहेको पाईएको छ । आज २ जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या १३ पुगेको उहाँले बताउनुभयो ।
पछिल्लो पटक ३२ जना डिस्र्चाज भएका छन् । ६६ जना महिला र २९९ पुरुष गरि हालसम्म ३६५ जना निको भई घर फर्किएका छन् ।
क्वारेन्टाईनमा १ लाख ६८ हजार ३१ जना रहेका छन् । पिसिआर विधिबाट ९२ हजार ४ सय ७७ र आरडिटि विधिबाट १ लाख ३७ हजार ४ सय ७८ वटा परिक्षण भएका छन् ।
नेपालमा संक्रमण रोक्न सरकारले गरेको लकडाउन जारी छ । आज लकडाउन ७५ औं दिनमा पुगेको छ ।

Share.

Leave A Reply