गैडाकोटको स्वास्थ्यशाखा द्धारा क्वारेनटाइमा वसेकाहरुको स्वास्थ्य अवस्थवारे सोधपुछ

0

डोलराज रानाभाट, २४ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकाको स्वास्थ्य शाखाले आज नगरभित्र रहेका ६ वटा क्वारेनटाइनहरुको अवलोकन सहित त्यहाँ रहेकाहरुको अवस्थावारे वुझेको छ ।

नगरस्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल,नगरस्तरीय क्वारेनटाइन व्यवस्थापन समितका अध्यक्ष एवम् गैडाकोट ११ का वडाअध्यक्ष गोविन्द सुवेदी, हेल्थ असिस्टेण्ट माधव आचार्य सहितको टोलीले नगरभित्रका क्वारेनटाइनमा रहनुभएका व्यक्तिहरुको स्वास्थ्य अवस्था सहित अन्य समस्याको वारेमा सोधपुछ गर्नुभएको थियो । सो अवसरमा क्वारेनटाइनमा रहनुभएका व्यक्तिहरुले वसोवास सहित सवै राम्रो भएको बताउँदै चाँडै पीसीआर परीक्षणको व्यवस्था भए सहज हुने बताएका थिए ।

सो अवसरमा स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले सवैको समयअवधिको रेकर्ड नगरसँग रहेको र सोही अनुसार पीसीआर परीक्षण पश्चात मात्रै घर पठाउने बताउनुभयो । नआत्तिएर वस्न साथै क्वारेनटाइन भित्र रहदा पनि सामाजिक दुरी कायम गर्न आग्रह गर्नुभयो ।

हालसम्मका पीसीआर रिपोर्ट नेगेटिभ रहेको भन्दै कुनै समस्या भए नगरस्वास्थ्य शाखा वा नजिकका जनप्रतिनिधिलाई खवर गर्न उहाँले सुझाव दिनुभयो । कार्यक्रममा गैडाकोट १४ की वडाअध्यक्ष कोकीसरा रानामगर, गैडाकोट १७ का वडाअध्यक्ष रत्न बहादुर खड्का र गैडाकोट १३ वडाअध्यक्ष पदमलाल पौडेल सहितको सहभागीता थियो ।

नगरभित्र हालसम्म ६१ जना क्वारेनटाइनमा रहेका छन् । गैडाकोटबाट हिजो संकलित १५ वटा स्वावको रिपोर्ट भने आउन वाँकी छ । भरतपुर स्थिती कोभिड १९ प्रयोगशालामा परीक्षण गर्न पठाइएको छ । यस अघि १८ जनाको पीसीआर नेगेटिभ आएपछि घर पठाइएको थियो भने त्यस अघि ११ जनालाई पनि पीसीआर रिपोर्ट आएपछि घर पठाइएको थियो ।

पीसीआर रिपोर्ट नेगेटिभ आएर घर पठाइएपनि पुन १४ दिन होम क्वारेनटाइनमा वस्न सुझाव दिँदै पठाउने गरिएको पौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply