माडीका मृतक युवकको पिसिआर परिक्षण नेगेटिभ

0


प्रेम क्षेत्री
जेठ २४, माडी । चितवनस्थित भरतपुर अस्पतालको आईसीयुमा मृतक माडीका एक युवकको पिसिआर परिक्षण नेगेटिभ आएको छ ।

माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्ण पौडेलले उनको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ रहेको जानकारी दिनुभयो ।

माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको थियो ।

Share.

Leave A Reply