भेरी अस्पतालमा गरिएका परिक्षणमा आज ४० जनामा कोभिड १९ संक्रमण पुष्टी

0


जेठ २४, गैंडाकोट । भेरी अस्पताल नेपालगञ्ज बाँके गरिएका परिक्षणमा आज ४० जनाका कोभिड १९ को संक्रमण पुष्टी भएको छ ।

भेरी अस्पतालले ३ महिला सहित ४० जनामा कोरोना संक्रमण पुष्टी गरेको छ । दिउँसो १ बजेसम्म गरिएका परिक्षणबाट सो पुष्टी भएको अस्पतालले जनाएको छ ।

नेपालगञ्ज बाँकेका १ जना, राजापुर वर्दियाका ५ जना, मधुवन वर्दियाका ४ जना, गुलरिया वर्दियाका ११ जना, वढैयाताल वर्दियाका ३ जना, बासगढी वर्दियाका ५ जना, बैजानाथ बाँकेका ३ जना, खजुरा बाँकेका ८ जनामा यसको संक्रमण देखिएको हो ।

Share.

Leave A Reply