देशभरको मौसम आइतबारदेखि सुधार हुँदै जाने

0


काठमाडौँ, जेठ २४ । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ । वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो ।

सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हने गर्दछ । यस वर्ष औषत समयभन्दा एक साता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्को छ । नेपालमा मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा ब∙ालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब छ किलोमिटर माथिसम्म प्रवेश हुनुपर्छ । अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहमम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् आर्यालले जानकारी दिनुभयो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा र प्रदेश नं ५ र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, २ र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशका धेरै स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशका धेरैजसो स्थानमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा र कर्णली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १२.८ मिलीलिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६.४, दिपायलमा २७.१, नेपालगञ्जमा ३.१, सिमारामा ३१.९, जुम्लामा १७.० र धनकुटामा ८.८ मिलीलिटर वर्षा भएको छ ।

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०२-2४, बिहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु र अरब सागरमा रहेको “निसर्ग” (NISARGA) चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको  प्रभाव  रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १ , गण्डकी प्रदेश, सु.प प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केहि स्थानमा हल्का देखि मध्यम  खालको बर्षा र प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ।

जेठ २४ गते (शनिबार)

दिउँसोः  प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली  तथा गण्डकी, कर्णाली, सु.प र प्रदेश ५ मा सामान्य बदली रहनेछ। प्रदेश १,२, र बागमती प्रदेशका  केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ बाँकी  प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको  सम्भावना रहेको छ।

रातीः  प्रदेश १ र बागमती प्रदेश मा पूर्ण बदली  तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको   सम्भावना रहेको छ।

जेठ २५ गते (आइतबार)

दिउँसोः देशका धरैजसो स्थानमा सामान्य बदली  रहनेछ। प्रदेश १, बागमती ,गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली, सु.प. प्रदेश र प्रदेश २ का  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः  वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ बाँकि प्रदेशमा आंशिक बदली रहनेछ  । प्रदेश १, र बागमती प्रदेशका थोरै स्थानहरुमा,गण्डकी प्रदेश, प्रदेश ५ र २ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ २६ गते सोमबार)

दिउँसोः प्रदेश १,, गण्डकी, बागमती, कर्णाली, सु.प प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र ५ मा आंशिक बदली  रहनेछ । प्रदेश १, बागमती ,गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली, सु.प, प्रदेश २ र ५ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः  वागमती प्रदेश, प्रदेश १ र २  मा सामान्य बदली रहनेछ भने बाँकि प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानहरुमा अनि बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश १,२, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा   मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत  सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

Share.

Leave A Reply