नवलपुरका संक्रमित कहाँ कहाँ हुदै गाउँपालिका आए त , के छ अवस्था ?

0


माया कंडेल
गैंडाकोट, जेठ २४
आज नवलपुरमा ३ जनामा कोरोना पृष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको १० वटा नमुना परिक्षणमा ३ जनाको कोरोना पोजेटिभ आएको हो । विनय त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ४ का १८, १९ र २७ बर्षका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको नवलपरासी वर्दघाट सुस्ता पूर्वको स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको छ । हालसम्म नवलपरासी वर्दघाट सुस्ता पूर्व जिल्लामा हालसम्म १३ जनामा कोरोना संक्रमण पृष्ट्रि भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का १९ बर्षीय पुरुष जेठ ७ गते भारतको दिल्लीबाट सुनौली आई २ दिन सुनौली क्वारेन्टिनमा बस्नुभएको थियो त्यसपछि जेठ ९ गते गाउँपालिकाबाट गएको जिपमा आएर वडा नम्बर ३ मा रहेको शिशु कल्याण आधारभुत विद्यालयको क्वारेन्टिनमा बस्नुभएको जनाइएको छ । उहाँको घरपरिवार र अन्य व्यक्तिसंग प्रत्यक्ष भेटघाट नभएको प्रारम्भीक जानकारी प्राप्त भएको नवलपरासी वर्दघाट सुस्ता पूर्वको स्वास्थ्य कार्यालयले बताएको छ ।
विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का १८ र २७ बर्षका पुरुष भारतको केरलाबाट करिव दुई महिना अगाडी हिडेको र लकडाउनका कारणले भारतको दिल्लीमा नै होटलमा दुई महिना बस्नुभएको थियो । उहाँहरु जेठ ९ गते दिल्लीबाट जेठ १० गते बेलुका कपिलबस्तुको कृष्णनगर नाका हुदै नेपाल प्रवेश गरेर बुटवल आउने बसबाट जेठ ११ बुटवल आएपछि पैदल भुमहि सम्म आएर गाउँपालिकाकाट गएर बसमा जेठ ११ गते बेलुका गाउँपालिका आउनुभएको हो । त्यसलगत्तै विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा रहेको सानोमणि शिक्षा प्राईमरी विद्यालयको क्वारेन्टिनमा बस्नुभएको थियो । उहाँहरु घरपरिवार र अन्य व्यक्तिसंग प्रत्यक्ष भेटघाट नभएको प्रारम्भीक जानकारी प्राप्त भएको नवलपरासी वर्दघाट सुस्ता पूर्वको स्वास्थ्य कार्यालयले बताएको छ ।
तिनैजनाको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि परिक्षण गर्नुपर्ने व्यक्तिहरुको संख्या यकिन गर्न स्थानीय तहको स्वास्थ्य शाखा र त्यस अन्र्तगत रहेको केश ईन्भेटिकेशन तथा कन्ट्याक टे«सीङ समुह संग समन्वय गरि कार्य अगाडी बढाईएको नवलपरासी वर्दघाट सुस्ता पूर्वको स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
उहाँहरु तिनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनमा राखीएको पनि नवलपरासी वर्दघाट सुस्ता पूर्वको स्वास्थ्य कार्यालयका प्रमुख चापागाईले जानकारी छ ।

Share.

Leave A Reply