नवलपुर जिल्लाका थप ३ जनामा आज कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५

0

गैंडाकोट, जेठ २४
माया कंडेल
नवलपुर जिल्लाका थप ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । विनयि त्रिवेणि गाउपालिका ३ र ४ नम्वर वडाका १९,१८ र २७ वर्षिय पुरूषहरूमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ । उनिहरुको भरतपुर अस्पताल चितवनमा कोरोना परिक्षण गरिएको थियो । उनिहरू भारतवाट आएको जनाईएको छ । नवलपुरमा हालसम्म संक्रमितको संख्या १३ पुगेको छ ।
यस्तै गण्डकी प्रदेशमा हालसम्म ७५ जनामा कोरोना संक्रमण देखिएको छ । आज मात्रै गण्डकी प्रदेशका ४ जिल्लामा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा स्याङ्जा जिल्लामा १० जनामा कोरोना पृष्टि भएको हो । स्याङ्जा वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२, ५४ बर्षका पुरुषमा र स्याङ्जाकै हरिनास गाउपालिकाका १८ र ४० बर्षका पुरुषमा संक्रमण देखिएको हो । यस्तै बागलुङको ताराखोला गाउँपालिकाका ३९ बर्षीय एक पुरुषमा संक्रमण पृष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
कास्कीमा ३ जनामा कोरोना पृष्टि भएको छ कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरपालिकाका २३ , ३२ र ५९ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

Share.

Leave A Reply