आज विश्व वातावरण दिवस ः गैडाकोटका विभिन्न ठाउँमा वृक्षारोपण

0

२३ जेठ, गैडाकोट । आज जुन ५ तारिख । विश्व वातावरण दिवस । सदाका वर्षमा विशेष कार्यक्रम गर्दै वृहत वृक्षारोपण गरिने भएतापनि कोभिड १९ कोरोना संक्रमणका कारण वृहत कार्यक्रम हुन पाएन । तर पनि वृक्षारोपण गर्ने कार्यलाई भने कोरोनाले छेकेन । बातावरण संरक्षणका लागि सक्रिय गैडाकोटका विभिन्न संस्थाहरुले आज विभिन्न ठाउँहरुमा वृक्षारोपण गरेका हुन् ।

गैडाकोटमा वातावरण सरसफाइमा सक्रिय रहेको “हरियाली गैँडाकोट अभियान“को आयोजनामा कालिका संस्कृत विद्यापीठमा वृक्षरोपण गरिएको छ ।

अभियानका अध्यक्ष गणेश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रमुख विष्णु कुमारी कडेँल, समाजसेवीहरु ,तिलकप्रसाद सापकोटा,ओम सापकोटा,केशवप्रसाद सापकोटा,वडाध्यक्ष लक्ष्मी सापकोटा लगायतले वृक्षारोपण गर्नुभएको हो ।
त्यस्तै वातावरण विकास तथा अनुसन्धान केन्द्र नवलपुरले पनि वृक्षारोपण गरेको छ ।

मौलाकालिका मन्दिर परिसरमा कपुर,अनार,रानीवेल, रिठो, म्याङगोट्रि, लप्सी लगायतका विभिन्न जातका ६३ वटा विरुवा रोपिएको हो ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाको प्रमुख आतिथ्यता तथा वातावरण विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष थानेश्वर चालिसेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको र वातावरणको क्षेत्रमा काम गर्नकै लागी संस्थाको जन्म भएको वातावरण विकास तथा अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक कृष्ण कंडेलले बताउनुभयो ।

यसैविच विश्व वातावरण दिवस को सन्दर्भमा नेपाल जेसिज को निर्देशन अनुसार जेसीआई गैडाकोटको आयोजनामा पनि आज वृक्षारोपण गरिएको गोकुल सापकोटाले जानकारी दिनुभयो । एक विरुवा मेरो जिम्मेवारी अभियान अनुसार कार्यालय परिसरमा फलफूलका विरुवा रोपण गरिएको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply