म्यानमारबाट काठमाडौं आइपुगेका २६ नेपालीमध्ये ३ जना गैडाकोटका

0

डोलराज रानाभाट, २३ जेठ । नेपाल सरकारले विदेशबाट पहिलो चरणमा उद्धार गरी म्यानमारबाट आज २६ नेपालीलाई स्वदेश ल्याएको छ । २६ मध्ये ३ जना गैडाकोटका रहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख चन्द्रवहादुर थापाले जानकारी दिनुभयो । उहाँहरु गैडाकोट आइनपुगिसकेको बताउँदै उहाँहरुलाई होम क्वारेनटाइनमा राखिने छ ।

कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड १९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी)को संयोजनमा उद्दार गरेर ल्याइएका सबैलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा लगिएको छ । २६ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी पठाउने तयारी गरिएको छ । गैडाकोटमा अहिले सम्म ६० जना क्वारेनटाइनमा रहेका छन् ।

लक्ष्मी माविमा २० जना, गैडाकोट ११ को कभर्ड हलमा ४, जनशक्ति आधारभूत विद्यालयमा ५ , नारायणी माविमा १६ जना, शमसेर माविमा १४ जना र भाग्यदोय प्राविमा १ जना गरी ६० जना रहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्स्पेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

आज मात्रै गैंडाकोट नगरपालिकामा आज १५ जनाको स्वाव संकलन गरी पीसीआर परीक्षणको लागि भरतपुर पठाइएको छ । नगरपालिकामा निार्मण गरिएका विभिन्न क्वारेनटाइनमा रहेका उनीहरुको आज विहान नारायणी माविमा स्वाव संकलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । आज नारायणी माविमा रहेका ८ जना, शमसेर माविका २ जना र विभिन्न जिल्लाबाट आएका गरी कुल १५ जनाको स्वाव लिइएको हो । नगरपालिकामा हालसम्म ८६ जनाको पीसीआर परीक्षण सम्पन्न भएको र सवैको रिपोर्ट नेगेटिभ रहेको छ । यसैविच युएइबाट १६८ जना नोपली नागरिक एयरपोर्ट आइपुगेका छन् ।

Share.

Leave A Reply