धुसेरी सामुदायीक वन रजहरद्धारा वृक्षारोपण

0

माया कंडेल, २३ जेठ । धुसेरी सामुदायीक वन रजहरले वातावरण दिवसको अवसर पारेर वनक्षेत्रभित्र रहेको आपचौर पिकनिक स्पटमा बृक्षारोपण गरेको छ । वातावरण जोगाउन र संरक्षण गर्न आवश्यक रहेको भन्दै धुसेरीले हरेक वर्ष वातावरण दिवस र अन्य समयमा पनि बृक्षारोपणलाई प्राथमिकता दिदै आएको वनका अध्यक्ष लोकबहादुर कार्की क्षेत्रीले बताउनुभयो । शुक्रबार आपचौर पिकनिक स्पटमा कल्की , कपुर, असोक, धुपी, रानीवेल, रुद्राक्ष, कागती र फलफुलका विरुवा रोपीएको अध्यक्ष लोकबहादुर कार्की क्षेत्रीले जानकारी दिनुभयो ।


देवचुली वडा नम्बर १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सामाजिक दुरी कायम गर्दै सचेत भएर बृक्षारोपण गरिएको हो । वडाध्यक्ष क्षेत्रीले धुसेरी वनले वनको संरक्षणमा महत्वपूर्ण काम गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
देवचुली बुलिङटार सव डिभिजन वन कार्यालयका प्रमुख ज्योती कोईरालाले कोईरालाले धुसेरी वनले वन संरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा फरेस्टर विनोद पौडेल, कानुनी सल्लाहकार अधिबक्ता यज्ञराज अधिकारी , कार्यसमिति सदस्य , सिर्जनशिल युवा क्लवका युवा, उपभोक्ता लगायतले बृक्षारोपण गर्नुभएको हो ।

Share.

Leave A Reply