लकडाउनमा चितवन प्रहरी वा अरु कसैले दुव्र्यवहार गरे यी नम्वरमा सम्पर्क गर्नुहोस् (फोन नम्वर सहित

0

२३ जेठ । कोभिड १९ कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयनमा चितवन प्रहरी सक्रिय छ । सरकारले गरेको निर्णय कार्यान्वयनमा कटिवद्ध हुनुपर्ने प्रहरीबाट यदि अध्यधिक बलप्रयोग वा दुव्र्यवहार भए गुनासो सुन्न टेलिफोन सहित इमेल सार्वजनिक गरेको छ । साथै घुस लिन खोज्ने, गलत तरिकाले कुनै अपराधको अभियोग लगाउन खोजे कलआइडी नभएको अर्थात् कसले गर्यो भनी नम्वर हर्ने नमिल्ने टेलिफोन पनि सार्वजनिक गरेको छ ।

सामाजिक संजालमार्फत दिएको जानकारीमा भनिएको छ,’पछिल्ला केही दिनहरूमा लकडाउन कार्यान्वयनको संदर्भमा चितवन जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरु, मुख्य सडकहरुमा चेकजाच र अत्यावश्यक बाहेकका पसलहरु बन्द गराउने क्रममा स्थानियवासी, व्यवसायीहरुसंग प्रहरी कर्मचारीहरुले तनावपुर्ण अवस्था समेत झेल्न परेको छ ।

हामी अत्यावश्यक सेवा प्रदायक, स्वास्थ्यकर्मी, खाद्यान्न पसल, बैङ्क, कृषी, उद्योगहरु एवं विकास निर्माण संग संबन्धित ब्यक्तिहरु, स्वास्थ्य उपचार तथा आकस्मिक कामको सिलसिलामा आवागमन गर्ने सर्बसाधारणहरुलाई सहज र व्यवस्थित गर्न कटिबद्ध छौं। बिभिन्न व्यक्तिहरूले सामाजिक संजाल तथा अनलाईन भिडियोहरूमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको वा दुर्व्यवहार गरेको भन्ने गुनासो एवं चित्रण प्रती सजग र सचेत छौं ।

हामी त्यस्ता प्रत्येक उदाहरणको बारेमा निष्पक्ष अनुसन्धान गर्छौं र विभागिय नीति बर्खिलाप गैरव्यवसायिक कार्य गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई उत्तरदायी बनाउँछौं । कुनै पनि व्यक्तिलाई आफु प्रति गलत तरिकाले कुनै अपराधको अभियोग लगाइएको, अन्यायपूर्वक शारीरिक चोटपटक लाग्ने गरी दुर्व्यवहार भएको वा घुस रिसबत दिन बाध्य तुल्याईएको भए जिल्ला प्रहरी कार्यालयको Professional Standard Unite को सम्पर्क नं. ९८५११६०३२४ वा कार्यालय प्रमुख प्रहरी उपरीक्षकको सम्पर्क नं. ९८५५०१५५५५ वा आफ्नो परिचय गोप्य राख्न चाहने व्यक्तिले कलर आइडि रहित ( फोन गर्ने ब्यक्तिको फोन नं. नदेखिने ) फोन नं. ०५६५२०१५५ मा फोन गरेर वा ईमेल [email protected]  मार्फत गुनासो गर्न सक्नुहुनेछ ।’

Share.

Leave A Reply