गैंडाकोटमा १५ जनाको स्वाव संकलन, परीक्षणको लागि भरतपुर पठाइयो

0

डोलराज रानाभाट,२३ जेठ । गैंडाकोट नगरपालिकामा आज १५ जनाको स्वाव संकलन गरी पीसीआर परीक्षणको लागि भरतपुर पठाइएको छ ।

नगरपालिकामा निार्मण गरिएका विभिन्न क्वारेनटाइनमा रहेका उनीहरुको आज विहान नारायणी माविमा स्वाव संकलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । आज नारायणी माविमा रहेका ८ जना, शमसेर माविका २ जना र विभिन्न जिल्लाबाट आएका गरी कुल १५ जनाको स्वाव निकालिएको र आजै साँझ सम्म रिपोर्ट आइपुग्ने पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकामा हालसम्म ८६ जनाको पीसीआर परीक्षण सम्पन्न भएको र सवैको रिपोर्ट नेगेटिभ रहेको छ । नगरपालिकाको क्वारेनटाइनमा अहिले ६० जना रहेका छन् । लक्ष्मी माविमा २० जना, गैडाकोट ११ को कभर्ड हलमा ४, जनशक्ति आधारभूत विद्यालयमा ५ , नारायणी माविमा १६ जना, शमसेर माविमा १४ जना र भाग्यदोय प्राविमा १ जना गरी ६० जना रहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्स्पेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

नवलपुर जिल्लाभर हिजो सम्म २११ स्वावको पीसीआर रिपोर्ट आउन वाँकी छ । जेठ २० गते बुलिङटार गाउँपालिका सहितमा संकलन भएका १३२, हिजो जेठ २२ गते देवचुलीमा संकलन गरिएका ६९ र विनयी त्रिवेणीमा संकलन गरिएका १० स्वावको रिपोर्ट आउन वाँकी रहेको छ ।

जिल्लामा हालसम्म १० जना कोरोना संक्रमित रहेपनि देवचुली माइत भएकी युवती निको भइसक्नुभएको छ । अन्यको भरतपुर कोरोना अस्थायी अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्लामा पहिलो पटक जेठ १ गते देवचुली १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । अहिले देवचुलीमा ५ जना, कावासोतीमा २ जना, विनय त्रिवेणीमा २ जना र बुलिङटारमा १ जना गरी १० जनामा संक्रमण देखिएको छ ।

Share.

Leave A Reply