ऋषिङ गाउँपालिकाबाट पठाइएको ७१ स्वावमा २ संक्रमित अरु सवै नेगेटिभ

0

डोलराज रानाभाट, २३ जेठ । जेठ १८ गते एक जना र जेठ २३ आज २ जना कोरोना संक्रमित गरी तीनै जना ऋषिङ गाउँपालिका वडानम्वर ४ का हुनुहुन्छ । जेठ १८ गते २८ वर्षीय पुरुषमा संक्रमण देखिएका व्यक्ति व्यास नगरपालिका भित्रको आदिकवि भानुभक्त क्याम्पसको क्वारेनटाइमा बस्नुभएको थियो ।

आज संक्रमण पुष्टी भएका दुई जना भने गत जेठ ११ गते भारतबाट आई झापुटारमा रहेको शुक्ला माविमा अवस्थित क्वारेनटाइनमा वस्दै आउनु भएको ऋषिङ गाउँपालिकाका स्वास्थ्य संयोजक लोक थापाले जानकारी दिनुभयो । ३९ र ४० वर्षीय उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको थापाको भनाई छ ।

भारतबाट आएर गाउँपालिकाका विभिन्न क्वारेनटाइनमा रहेका ७१ जनाको स्वाव संकलन गरी परीक्षणको लागि पोखरा पठाइएकोमा दुई जनाको वाहेक अरु सवैको रिपोर्ट नेगेटिभ आएको थापाले जानकारी दिनुभयो । नयाँ दिल्लीबाट आएर शुक्ला मावि झापुरटारको क्वारेनटाइनमा जेठ ११ गतेदेखि वसेको र गत शनिवार स्वाव सकलन गरिएको थियो । गाउँपालिकामा अहिले शुक्ला मावि,व्राइट भिलेज झापुटार अमर मावि कोइदिम, शान्ति मावि दुवुङ,भिरकोट स्वास्थ्य चौकी,श्रृग मावि गोठादी,शिव सरस्वती मावि ऋषिङमा क्वारेनटाइन रहेको र यी सवैमा १८७ वेड तयार पारिएको थियो ।

अहिले १८७ वेड मै विभिन्न ठाउँबाट आएका व्यत्तिहरु रहेका छन् । क्वारेनटाइनमा वसेको ५ दिनपछि स्वाव लिने गरिएको र अहिले सम्म भारतबाट आएका ५ जनालाई भने घर पठाइसकिएको छ । स्वाव संकलन गर्न जान्ने स्वास्थ्यकर्मी नभएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालयबाट टोली वोलाएर स्वाव लिने गरिएको छ ।

क्वारेनटाइनमा रहेकाहरुको रेखदेखिका लागि हरेक स्थानमा एक ÷ एक जना स्वास्थ्यकर्मी खटाइएको स्वास्थ्य संयोजक थापाले बताउनुभयो । यो सँगै ऋषिङ गाउँपालिकाको वडानम्वर ४ मा मात्रै कोरोना संक्रमितको सख्या ३ पुगेको छ भने यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या भने ५६ पुगेको छ ।

Share.

Leave A Reply