तनहुँको ऋषिङमा आज २ कोरोना संक्रमित थपिए

0

२३ जेठ । गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थिती ऋषिङ गाउँपालिकामा फेरि २ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो । उनीहरु ऋषिङ गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष ३९ र ४० का रहेका छन् । उनीहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो सँगै ऋषिङ गाउँपालिकामा मात्रै कोरोना संक्रमितको सख्या ३ पुगेकको छ भने यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या भने ५६ पुगेको छ ।

Share.

Leave A Reply