चितवन उद्योग संघ परिसरमा १ करोड ७५ लाखमा विक्रि केन्द्र बन्ने, आज शिलान्यास

0

डोलराज रानाभाट, २२ जेठ, चितवन । चितवन उद्योग सघको परिसरमा विक्रि केन्द्रको भवन वन्ने भएको छ । चितवनका साना देखि ठूला उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी तथा विक्रि गर्न मिल्ने गरी सुविधा सम्पन्न भवन वन्ने संघका अध्यक्ष राजु पौडेलले बताउनुभयो । विक्रि केन्द्र भवनको आगामी असार मसान्त सम्म निर्माण कार्य सक्ने लक्ष्य रहेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार २ करोडको बजेट भएपनि टेण्डर आह्वान गर्दा १ करोड ७५ लाखमा भवन निर्माण हुने भएको हो ।

भवनको आज संघका अध्यक्ष राजु पौडेल, गभर्निङ काउन्सिलका अध्यक्ष एवं पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी र घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख नारायण लम्सालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । पहिले सचिवालय र कार्यालय रहेको भवन भत्काएर त्यसैको नजिक भवनको निर्माण गरिने भएको हो । ॐ सत्य साई कन्स्ट्रक्सन प्रा.लि.भरतपुरले निर्माण जिम्मा पाएको उक्त परियोजनालाई कन्सल्टिङ कम्पनी मौलाकालिका सिभिल वक्र्सले डिजाइन गरेको थियो ।

यसैविच लकडाउनको माडालिटी परिवतर्न नगरेको भन्दै चितवनका उद्योगी व्यवासायीले सरकारसँग गुनासो गरेका छन् । उद्योग व्यवसाय खुल्न नदिने तर कर चाहिँ तिर भन्ने नीतिले आफूहरु समस्यामा रहेको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बताउनुभयो । अहिले सरकारलाई वुँदागत रुपमा सुझाव पेश गरेको जानकारी दिँदै पौडेलले उद्योग सहजा तरिकाले संचालन गर्न दिन माग गर्नुभयो । कोरोना संक्रमण फैलन नदिन आफूहरु पूर्ण सचेत रहेको र प्रशासनले यसमा समन्वय गरिदिनुपर्ने उहाँको भनाई छ ।

Share.

Leave A Reply