गैंडाकोट १८ का लकडाउन प्रभावित परिवारलाई राहत वितरण

0


प्रेम क्षेत्री,
जेठ २२, गैंडाकोट । गैंडाकोट १८ का लकडाउन प्रभावित परिवारलाई राहत वितरण गरिएको छ ।

वडामा रहेका अति विपन्न परिवारलाई बुधबार राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको हो । परिवार सङ्ख्याका आधारमा उनिहरुलाई सोही अनुरुप राहत सामग्री वितरण गरिएको गैंडाकोट १८ का वडाअध्यक्ष तिलबहादुर चितौरेले जानकारी दिनुभयो । उहाँले वडाका ४७५ परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।

वडामा रहेका ७ वटा टोल विकास संस्था मार्फत सिफारिस भई आएका उनिहरुलाई चामल, दाल, तेल, नुन वितरण गरिएको उहाँले बताउनुभयो ।

जर्मनीमा रहेको नेपाल्स नामक संस्था मार्फत नेपाल डाईनामिक्स गु्रप्सले २०० परिवार, विजय विकास स्रोत केन्द्रले ५० परिवार, हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफले ५० परिवार, वडा कार्यालयले १९० परिवारलाई पुग्ने गरि राहत सामग्री वडालाई हस्तान्तरण गरेका थिए ।

परिवार सङ्ख्याका आधारमा १० केजीदेखी २५ केजी सम्म चामल र सोही अनुपातमा अन्य सामग्री वितरण गरिएको थियो । सो अवसरमा जनप्रतिनिधी, टोल विकास संस्थाका अध्यक्ष, वडाका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरुले समन्वय गरेका थिए ।

Share.

Leave A Reply