एक महिला सहित वाग्लुङका १० जनामा कोरोना संक्रमण पुष्टी, गण्डकी प्रदेशभर ५४ संक्रमित

0

डोलराज रानाभाट, २२ जेठ । गण्डकी प्रदेशमा आज विहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमिको सख्या ५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार कोरोना पुष्टी हुनेमा बाग्लुङका १० जना, स्याङजाका १ जना, म्याग्दीका १ र पर्वतमा ४ गरी आज विहानै १६ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमितहरु बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, वडीगाड गाउँपालिका भई ठेगाना सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र गल्कोट नगरपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १८ का १ जना पुरुषमा ,पर्बत जिल्ला फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २१ र २१ का २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २४ र २८ का २ जना पुरुषमा समेत गरि पर्बतमा ४ जना ,म्याग्दी जिल्ला, मंगला गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

उहाँहरु सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ शर्माले बताउनु भयो । यो सँगै नेपालभर कोरोना संक्रमितको सख्या २३ सय १६ पुगेको छ । नेपालमा हिजो एकै दिन २०१ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जसले कुल सख्या २३०० सय पुगेको थियो । आज विहानै १६ जना थपिएका छन् । हालसम्म नेपालमा २७८ जना निको भई घर फर्किएका छन् भने मृत्यु हुनेको सख्या ९ पुगेको छ । यसैविच नवलपुर जिल्लाका १३२ जनाको स्वाव परीक्षण हुन वाँकी रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply