रिपोर्ट नेगेटिभ आएपछि गैडाकोट नगरका क्वारेनटाइन बाट १८ जनालाई घर पठाइयो

0

डोलराज रानाभाट, २१ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकाका विभिन्न क्वारेनटाइमा रहेका १८ जनालाई घर पठाइएको छ । भारत तथा अन्य जिल्लाबाट आएका उनीहरुलाई क्वारेनटाइनमा राखेर स्वाव परीक्षण गरे पश्चात रिपोर्ट नगेटिभपछि १८ जनालाई घर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

गत आइतवार जेठ १८ गते लक्ष्मी माविमा स्वाव संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाइएको थियो । घर गएपछि पनि पुनः १४ दिन होम क्वारेनटाइनमा वस्नलाई सुझाव दिइएको उहाँले बताउनुभयो । आइतवार ३ स्वास्थ्यकर्मी सहित २१ जनाको स्वाव संकलन गरी पोखरा पठाइएको थियो ।

त्यसै आजसम्म गैडाकोटका विभिन्न ५ वटा क्वारेनटाइनमा ५१ जना रहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्र वहादुर थापाले जानकारी दिनुभयो ।

अहिले गैडाकोट ११ को कभर्ड हलमा ४ जना, जनशक्ति आधारभूत विद्यालयमा ५ जना, शमशेर माविमा १४ जना, लक्ष्मी माविमा १२ जना र नारायणी माविमा १६ जना रहेको हुन् । क्वारेनटाइनमा ४ जना महिला छन् ।

नगरपालिकामा हालसम्म २८० जनाको आरडिटी र ८६ जनाको पीसीआर परीक्षण सम्पन्न भइसकेको छ भने कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन । यसैविच नवलपुर जिल्लामा भारतबाट आउनेको सख्या १२४७ पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

सवैभन्दा धेरै मध्यविन्दुमा २५२ जना रहेका छन् । जिल्लामा हालसम्म ३८८ जनाको पीसीआर परीक्षण भएको र १० जनाको पोजेटिभ वाहेक अन्य सवैको रिपोर्ट नगेटिभ आएको र देवचुली माइत भएकी युवती निको भई घर फर्किसक्नुभएको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply