अभियानको पहिलो दिन ५३५ जनालाई खोप लगाइयो

0

डोलराज रानाभाट, २१ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकामा आज बाट सुरु भएको दादुरा रुवेला अभियान अन्तर्गत वडानम्वर १ मा ५३५ जना वालवालिकालाई खोप लगाइएको छ । सन् २०२३ सम्म नेपालबाट दादुरा रुबेला रोग पूर्ण रुपमा निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले सुरु गरेको यो अभियान नगरका १८ वटै वडामा संचालन हुने छ ।

अभियानमा ९ महिना माथि र ५ वर्ष मुनि का वालवालिकालाई यो खोप लगाउने गरिन्छ । आज पहिलो दिन गैडाकोट १ का दुई वटा केन्द्र वडा कार्यालयसँगै रहेको भवन मा ३१८ र सरस्वती प्राविको शाखा भवनमा २१७ जनालाई खोप लगाइएको गैडाकोट स्वास्थ्य चौकीका प्रमुख घनश्याम भट्टराइले जानकारी दिनुभयो ।

२९९ जनालाई लगाउन लक्ष्य रहेपनि सख्या वढेको छ । लक्ष्य भन्दा वढि खोप लगाउनुले सरकारको अभियान सफल हुनमा थप मद्दत पुग्ने उहाँको भनाई छ । भोलि गैडाकोट नगरपालिका वडानम्वर २ मा ५७७ वालवालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

वडानम्वर २ को वडा भवन र वालविकास भवनमा खोप लगाइने छ । सामाजिक दुरी कायम गरी मास्क लगाएर आफू र आफ्नो बच्चालाई खोप लगाउन केन्द्रमा जान उहाँले आग्रह गर्नुभयो । भोलि देखि गैडाकोट १३ मा पनि खोप लगाउन सुरु गरिने भएको छ । भोलि नारायणी आधारभूत विद्यालयमा , गैडाकोट १४ का टाउन घागर, सालघारी र गैडाकोट १८ को त्रिशुली आधारभूत विद्यालयको केन्द्रमा पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले विजय एफएमलाइ जानकारी दिनुभयो ।

Share.

Leave A Reply