गैंडाकोटका १८ वटै वडामा दादुरा रुवेला खोप अभियान सुरु हुँदै (हेर्नुहोस् तालिका सहित)

0

डोलराज रानाभाट, २१ जेठ, गैडाकोट । गैंडाकोट नगरपालिकामा आजदेखि दादुरा रुवेला खोप अभियान सुरु हुँदै छ । यस अघि गत वर्षको चैत्र १६ देखि २४ गते सम्म जिल्लामा नै दोस्रो चरणमा अभियान संचालन गरिने कार्यक्रम लकडाउनका कारण स्थगित भएको थियो । आज गैडाकोट नगरपालिका वडानम्वर १ बाट अभियान सुरु गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

१८ वटा वडामा रहेका ५ वर्ष मुनिका ४ हजार ५ सय २०  जना वालवालिकालाई खोप लगाइने लक्ष्य रहेको नगरभित्र आज बाट कार्यक्रम सुरु हुने र सामाजिक दुरी कायम गर्दे मास्क लगाएर खोप केन्द्रमा आउन पनि पौडेलले अनुरोध गर्नुभएको छ । नियमित खोप लगाउने गरेपनि उक्त खोप रेकर्ड भएको कार्ड सहित नजिकको खोप केन्द्रमा जान भनिएको छ । खोप लागउन कोभिड १९ संक्रमण जाँच गरी कुनै समस्या नदेखिएका स्वास्थ्कर्मी परिचालन गरिएको पनि पौडेलले जानकारी दिनुभयो । आज विहान १० बजेबाट गैडाकोट १ मा सुरु हुने र त्यहाँ २९९ जना वालवालिकालाई खोप लगाइने छ । सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै वडाअध्यक्ष हरिप्रसाद सापकोटाले वडा कार्यालय र सरस्वती प्राविको शाखा गरी दुई ठाउँबाट खोप सेवा दिने जानकारी दिनुभयो ।

त्यस्तै भोलि जेठ २२ गते गैडाकोट २ मा ५७७ वालवालिकालाई वडा भवन र नमुना बोर्डिङबाट,

जेठ २३ गते गैडाकोट ४ मा २८२ वालवालिकालाई पानि टंकी नजिक रहेको बन कार्यालय भवन र लखन चोकबाट ,

जेठ २४ गते गैडाकोट ६ र ७ मा क्रमश २०१ वालवालिकालाई भाग्योदय आधारभूत विद्यालय, स्वावलम्वन संस्थाको कार्यालबाट र १८७ वालवालिकालाई शितल बाटिका चोकबाट ,

जेठ २५ गते गैडाकोट ८ र ९ मा क्रमश १९० वालवालिकालाई विजय निमावि आधारभूत विद्यालय, आयुर्वेद औषधालय भवन र १०३ जनालाई सतसँग भवनबाट,

जेठ २६ गते गैडाकोट ५ मा ३६३ वालवालिकालाई स्वास्थ्य चौकी भवन र गणेश मन्दिरबाट खोप लगाउने कार्यतालिका रहेको छ । 

गैडाकोट ३ मा जेठ २२,२३,२४, २५,२६ र २७ गते खोप लगाइने भएको छ ।

गैडाकोट १० मा जेठ २७ र २८ गते,

गैडाकोट ११ मा २६ र २९ गते,

गैडाकोट १२ मा जेठ २४ र २५ गते,

गैडाकोट १३ मा जेठ २२ र २३ गते,

गैडाकोट १४ मा जेठ २२ र २३ गते,

गैडाकोट १५ मा जेठ २४ गते,

गैडाकोट १६ मा जेठ २५ र २६ गते,

गैडाकोट १७ मा जेठ २५ गते,

गैडाकोट १८ मा जेठ २२, २३, २५, २६ र २७ गते खोप लगाउने कार्यतालिका रहेको छ ।

Share.

Leave A Reply