पूर्व पश्चिम राजमार्गको गैडाकोट खण्डमा सवारी दुर्घटना

0

डोलराज रानाभाट, २० जेठ, गैडाकोट । गैडाकोट नगरपालिका स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना भएको छ । विरामी लिएर भरतपुर तर्फ जाँदै गरेको लु १ च ८५८७ नम्वरको एम्वुलेन्सले स्कुटीलाई ठक्कर दिएको स्कुटर चालकले बताए । ना २४ प ८७१७ नम्वरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीको अगाडिको भागमा पूर्ण क्षती पुगेको छ ।

अघि साँझ करिव ८ बजेर १० मिनेटमा भएको दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एम्वुलेन्सले विपरित दिशाबाट गइरहेको स्कुटीलाई ठक्कर दिएको र स्कुटीमा मात्रै क्षती पुगेको मानिसलाई केही नभएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।दुर्घटना शिव आयल स्टोर अघिको मुख्य सडकमा भएको थियो ।

Share.

Leave A Reply