विपतमा हामी अभियानद्धारा गैडाकोट ३ हर्दिका ९८ घरपरिवारलाई राहत वितरण

0

डोलराज रानाभाट, २० जेठ, हर्दी । विपतमा हामी अभियानले गैडाकोट ३ हर्दिका ९८ घरपरिवारलाई राहत स्वरुप खाधन्न वितरण गरेको छ ।

लकडाउन थप भएसंगै ज्याला मजदुरीबाट दैनिकी चलाउदै आएका उनीहरु समस्यामा परेको वडा सदस्य दिपा गुरुङले अभियानलाई जानकारी गराएपछि प्रतिघर १० किलो चामल र एउटा तेलको पोका सहयोग गरेको विपतमा हामी अभियानका संयोजक गोकुल सापकोटाले बताउनुभयो ।

लकडाउन खुल्ने र काममा जान पाउने आशा गरेका यहाँका स्थानीय लकडाउन लम्विदा समस्यामा परेका छन् । दैनिक ज्याला मजदुरीको काम गर्न देवघाट वा गैडाकोट आउनुपर्ने उनीहरु लकडाउन पछि अहिले त्यो सवै अवसर गुमेको भन्दै समस्यामा रहेको वडासदस्य गुरुङले बताउनुभयो ।

दैनिक काम गुमेको र पैसा भएपनि दैनिक उपभोग्य सामान किन्न बजार जान पनि नपाएको स्थानियको गुनासो छ । विपतमा हामीले दिएको राहतले ठूलो सयोग मिलेको बताउदै काम दिलाईदिन सरकारसंग माग गरेका छन् ।

कार्यक्रममा संयोजक गोकुल सापकोटा, सह सयोजक गोपाल सापकोटा, आर्थिक संयोजक राम तिवारी, अभियान्तहरु बद्रि सापकोटा, इश्वर रिमाल, किसान गुरुङ, चित्रध्वज जिसि, सरोज चालिसे, अमृत श्रेष्ठ, रमेश कोईराला, विवेक न्यौपाने लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply