वडाअध्यक्ष विद्यालयको अध्यक्ष बनाउने निर्णय तत्काल फिर्ता लिन ६३ जनप्रतिनिधिको माग

0

डोलराज रानाभाट,

२० जेठ, गैडाकोट । गैंडाकोट नगरपालिकाको शिक्षा समितिले गत बैशाख २४ गते निर्णय गरेर सामुदायिक विद्यालयको अध्यक्ष सोही वडाको वडाअध्यक्षलाई गराउनु भनी गरिएको निर्णय तत्काल फिर्ता लिन काँग्रेस पक्षिय ६३ जनप्रतिनिधिहरुले माग गरेका छन् ।

नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कडेँल सहित ६३ जना जनप्रतिनिधिहरुले हस्ताक्षर गरेर उक्त निर्णय वैधानिक नभएको भन्दै तत्काल फिर्ता लिन माग गरेका हुन् । । विद्यालय व्यवस्थापन समितिमा अभिभावकहरुको सहभागीता हुन पाउने अधिकार रहेको कानुनलाई वेवास्ता गर्दै साविक संघीय शिक्षा ऐन संशोधन सहित को दाफा १२, गैडाकोट नगरपालिकाद्धारा विस २०७५ साल आषाढ २२ को २९ औँ कार्यपालिका बैठकद्धारा स्वीकृत हाल कार्यान्वयनमा रहेको विद्यालय शिक्षा संचालन व्यवस्थापन तथा नियन्त्रणका सम्वन्धनमा बनेको कार्यविधि २०७५ को परिच्छेद (छ) को ५३ को उल्लर्घन तथा सोही कार्यविधिको ५७ (ङ) मा नगरसभा सदस्यहरु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य हुन नसक्ने स्पष्ट व्यवस्था गरेको भन्दै यसरी आफैले बनाएको नीति र नियमको ठाडो उल्लघंन हुने गरी गरिएको निर्णय मान्य नहुने भन्दै फिर्ता लिन माग सहित आज पत्र वुझाइएको हो ।

यी ऐन कानुनको पालना नगरी समितिले नै अध्यक्ष तोक्ने निर्णय नगर शिक्षा समिति आफ्नो अधिकार क्षेत्र भन्दा वाहिर गएको  र यसले अख्तीयारीको दुरुपयोग समेत हुने भन्दै सिमीत व्यक्तिको लहड र उक्साहटमा यस्ता प्रकारका गैर जिम्मेवार निर्णय नगर्न सचेत समेत गराइएको छ । निर्णय फिर्ता लिन माग गर्दै पत्र वुझाउने क्रममा नगर उपप्रमुख विष्णुकुमारी कडेँलले उक्त निर्णयमा सम्वन्धीत वडाअध्यक्षलाई सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुने भनी तोकेरै पत्र पठाएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।  नगरपालिका आफैले वनाएको कार्यविधिको उल्लघंन गर्दै अभिभावकहरुको चाहाना र अधिकारलाई हस्तक्षेप गरी वडाअध्यक्ष विद्यालयको अध्यक्ष राख्नु भनी निर्देशन दिनु गलत भएको भन्दै कोभिड १९ को सक्रमणको वेला गरिएको उक्त निर्णयले नगर कार्यपालिकाको अधिकार नै हस्तक्षेप गरिएको कडेलको भनाई थियो । त्यस्तै गैंडाकोट नगरपालिकाले तयार पारेको कार्यविधि अनुसार दफा २२ ख मा शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यकता अनुसार समिति उपसमिति वा कार्यटोली गठन गर्ने अधिकार नगर कार्यपालिकाको कार्यक्षेत्र भएको भन्दै आफ्नो अधिकार क्षेत्र भन्दाबाहिर गएर निर्णय लिएकोले शिक्षा समितिले गरेको निर्णय अविलम्ब फिर्ता लिन माग सहित आफ्नो अधिकारको हेक्का राख्न नगर शिक्षा समितिलाई सचेत पनि गराइएको छ ।

विद्यालय व्यवस्थापन समिति गठन हुन सक्ने सहज वातावरणको समय शिक्षा समितिले म्याद थप्न लगाउने तर अहिले कोभिड १९ को संक्रमणका वेला वडाअध्यक्षलाई विद्यालयको अध्यक्ष बनाउनु भनि निर्देशन दिनु मौजुदा कानुनको विपरित रहेको जनप्रतिनिधिहरुको ठहर छ । विद्यार्थीको भविष्यमा केन्द्रीत भई पठन पाठन गराउने वैकल्पीक विधिमा केन्द्रीत हुनुपर्ने समय विद्यालयको संवेदनशिलतालाई नबुझेर एकाएक विद्यालयलाई अराजक अवस्था तर्पm लैजान खोजेको आरोप समेत लगाइएको छ ।

निर्णय फिर्ता नलिए उत्पन्न हुने परिस्थिती र विद्यालयको शैक्षिक कार्यक्रम तथा भौतिक निर्माण लगायतका कार्यमा हुने क्षतीको सम्पूर्णरुपमा जवाफदेही नगर शिक्षा समिति र नगरप्रमुख स्वय हुनुपर्ने भनिएको छ । कोरोनाको महामारीका कारण अहिले जटिल अवस्था रहेको भन्दै हाल विद्यालय व्यवस्थापन समिति गठन गर्न सम्भव नदेखिएकाले नगर कार्यपालिकामा उल्लेखित विषयलाई विषय प्रवेश गराएर मौजुदा विद्यालय व्यवस्थापन समितिको पदावधि कम्तिमा ६ महिना थप गर्नका लागि आग्रह गरिएको छ । 

बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष वडाअध्यक्ष हुनुपर्ने गरी गरीएको उक्त निर्णयको विरोध गर्दै नेपाल शिक्षक संघ नवलपुर, शिक्षक संघ गैंडाकोट, नेपाल बिद्यार्थी संघ नवलपुर र नेपाली कांग्रेस गैंडाकोटले यसअघि नै विज्ञप्ती निकालेर बिरोध जनाइसकेका छन ।
यता नगर प्रमुख छत्रराज पौडेलले शिक्षा समितिको निर्णय कानुन सम्मत भएको भन्दै फिर्ता लिनुपर्ने कारण नभएको बताउनुभयो । निर्णय विधिसम्मत रहेकाले जहिले ६३ जनाले हस्ताक्षर गर्दै विरोध गर्दै हिँड्ने परिपाटी वन्द गर्न आग्रह गर्नुभयो । यो अन्तरिम समयका लागि भएको भन्दै सहकार्य गरी अघि वढ्न आग्रह गर्नुभयो ।

शिक्षा सम्वन्धी एैनहरु राम्रोसँग अध्ययन गर्न आग्रह गर्दै उहाँले विरोधका कारण संघीय सरकारबाट आएको बजेट फ्रिज भएमा त्यसको जवाफदेही उपप्रमुख विष्णु कुमारी कडेल, नेपाली काँग्रेस गैँडाकोट, नेविसंघ, शिक्षकसंघ र सम्वन्धित विद्यालयको प्रधानाध्यापक हुने चेतावनी दिनुभयो ।

Share.

Leave A Reply