नेपालमा कोभिड–१९ संक्रमितहरुको सङ्ख्या २ हजार ९९, आज २ सय ८८ जनामा संक्रमण

0


प्रेम क्षेत्री जेठ २०, गैंडाकोट ।
आज २ सय ८८ जनामा संक्रमण देखिएसँगै नेपालमा कोभिड–१९ का पुष्टी भएका संक्रमितहरुको सङ्ख्या २ हजार ९९ पुगेको छ ।
देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा आज २ सय ८८ जनामा संक्रमण देखिएको होे ।
संक्रमित २ हजार ९९ मध्ये पुरुष १ हजार ९ सय ४९ जना र महिला १ सय ५० जनामा यसको संक्रमण देखिएको हो ।
नवलपुर बुलिङटारका १६ वर्षिय १ जना पुरुष रहेको मन्त्रालयले समेत पुष्टी गरेको छ ।
६१ जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
उहाँले प्रदेश १ का ९ वटा जिल्लामा १६८ जना, प्रदेश २ का सबै ८ वटा जिल्लामा ८१६ जना, बागमती प्रदेशका १२ जिल्लामा ५४ जना, गण्डकी प्रदेशका ७ जिल्लामा ३७ जना, प्रदेश ५ का ११ जिल्लामा ६९९ जना, कर्णाली प्रदेशका ५ वटा जिल्लामा २५२ जना र सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लामा ७३ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो पटक ४५ जना डिस्र्चाज भएका छन् । ५४ जना महिला र २१२ पुरुष गरि हालसम्म २६६ जना निको भई घर फर्किएका छन् ।
मृत्यु हुनेको सङ्ख्या ८ रहेको छ ।
क्वारेन्टाईनमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् ।
नेपालमा संक्रमण रोक्न सरकारले गरेको लकडाउन जारी छ । आज लकडाउन ७१ औं दिनमा पुगेको छ ।

Share.

Leave A Reply