बुलिङ्टारमा एक युवकमा कोभिड–१९ संक्रमण पुष्टी 

0


प्रेम क्षेत्री, जेठ २० ।
बुलिङ्टारमा एक युवकमा कोरोना भाईरस कोभिड–१९ संक्रमण भेटिएको छ । बुलिङटार ४ का युवकमा कोभिड १९ को संक्रमण पुष्टी भएको बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण वास्ताकोटीले जानकारी दिनुभयो ।
संक्रमित व्यक्ति यसअघि कपिलवस्तु वाणगंगामा क्वारेन्टाईनमा बसेका थिए । त्यहाँ रहँदा उनको स्वाब संकलन गरिएको थियो । कपिलवस्तुमा नै परिक्षण गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आएको खबर प्राप्त भएको बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण वास्ताकोटीले जानकारी दिनुभयो ।
उनि हाल त्रिभुवन मावि बुलिङटारको क्वारेन्टाईनमा रहेको त्यहाँबाट सहकर्मी मनप्रसाद भाटले जानकारी दिनुभयो । उनि बसेको क्वारेन्टाईनको एउटै कोठामा १३ जना युवा बसेको स्वास्थ्य शाखालाई उदृत गर्दै उहाँले जानकारी दिनुभयो । हाल त्रिभुवन मावि बुलिङटारको क्वारेन्टाईनमा ५० जना रहेका छन् ।
उनलाई अहिले सोही विद्यालयमा रहेको छात्राबासमा निर्माण गरिएको आईसोलेसनमा सार्ने तयारी भईरहेको समेत उहाँले बताउनुभयो । उनको नतिजा पोजेटिभ आएपछि उनिसँगै बसेका अन्य व्यक्ति अतालिएका छन् ।
उनिसँगै ३७ जना एउटै बसमा कपिलवस्तुदेखी बुलिङटार आएको समेत जनाईएको छ ।
उता बुलिङटार ५ राईकोटमा रहेकाहरुको स्वाब संकलन कार्य चलिरहेको छ ।

Share.

Leave A Reply