कोभिड–१९ लाई विश्लेषण गर्दा

0


प्रेम क्षेत्री, जेठ २०, गैंडाकोट ।
नेपालमा कोभिड–१९ संक्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको पाईएको छ । पछिल्ला दिनमा यसको संक्रमण तिव्र रुपमा वढिरहेको छ ।
सबै ७ वटै प्रदेशमा यसको संक्रमण देखिएको छ । ५९ जिल्लामा यसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८ जिल्ला हालसम्म सुरक्षित छन् । १ जिल्ला भोजपुर अहिले ग्रिन सिग्नलमा रहेको छ । यहाँका १ जना उपचार पछि निको भएका छन् ।
मन्त्रालयले पुष्टि गरेको सङ्ख्या १ हजार ८ सय ११ लाई आधार मान्ने हो भने उमेरका आधारमा सबैभन्दा वढि २१ देखी ३० वर्ष सम्मका ७०२ जनामा यसको संक्रमण देखिएको छ । त्यसपछि ३१ देखी ४० वर्षका ४१५ जना र ११ देखी २० वर्षका ३८८ जना अरु संक्रमित अन्य उमेर समूहका रहेका छन् ।
५१ जना १० वर्ष मुनिका बालबालिका समेत रहेका छन् । यो उमेर समूहका संक्रमित कुनैपनि बालबालिका हालसम्म निको भएका छैनन् । हालसम्म भएका परिक्षणमा ९० वर्ष भन्दा माथीका कुनैपनि व्यक्तिमा यसको संक्रमण देखिएको छैन ।
लिङ्गका आधारमा कुरा गर्ने हो भने ४८ जना महिला र १७३ पुरुष गरि हालसम्म २२१ जना निको भई घर फर्किएका छन् । संक्रमण दर भन्दा महिलामा निको हुने दर बढि छ । २१.७ प्रतिशत महिला निको भएका छन भने निको हुने पुरुषको दर ७८.३ प्रतिशत रहेको छ ।
महिला भन्दा पुरुष वढि संक्रमित छन् । जसमध्ये पुरुष १ हजार ६ सय ७८ जना र महिला १ सय ३३ जनामा यसको संक्रमण देखिएको हो । प्रतिशतका आधारमा कुरा गर्ने हो भने ९२.७ प्रतिशत पुरुष रहेका छन् भने ७.३ प्रतिशत महिला रहेका छन् ।
पुष्टी भएका मध्ये मृत्यु हुने ८ जिल्लाका १–१ जना रहेका छन् ।
प्रदेश १ का ९ वटा जिल्ला, प्रदेश २ का सबै ८ वटा जिल्ला, बागमती प्रदेशका १२ जिल्ला, गण्डकी प्रदेशका ६ जिल्ला, प्रदेश ५ का १० जिल्ला, कर्णाली प्रदेशका ५ वटा जिल्ला र सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लामा कोभिड १९ को संक्रमण देखिएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराले पर्वत जिल्लामा समेत यसको संक्रमण पुष्टी गरिसकेको छ । जसका कारण संक्रमित जिल्ला र सङ्ख्या अझै वढ्ने क्रममा रहेको छ ।
यसको संक्रमण रोक्न नेपालमा सरकारले गरेको लकडाउन जारी छ । आज लकडाउन ७१ औं दिनमा पुगेको छ । तर अधिकांश पसल नियमित जस्तै सञ्चालनमा रहेका छन् भने सडकमा निस्कने, समूहमा हिंड्ने जस्ता क्रियाकलाप पनि रोकिएको छैन । सामाजिक दुरी कायम नहुँदा यो बढ्ने क्रम रोकिएको छैन ।

Share.

Leave A Reply