गैंडाकोटका २१ जनाकै स्वावको रिपोर्ट नेगेटिभ, गण्डकी प्रदेशमा आज विहानै थपिए १० संक्रमित

0

डोलराज रानाभाट, २० जेठ । गैंडाकोट नगर पालिकाभित्रका क्वारेन्टीनमा रहेका २१ जनाकै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न समयमा आएर विद्यालयमा बनाइएका क्वारेन्टीनमा रहेका १८ जना र ३ स्वास्थ्यकर्मी गरि २१ जनाको स्वाब आइतवार संकलन गरि पोखरा पठाइएइको थियो । उनीहरुको लक्ष्मी मावि अमरापुरीमा स्वाब संकलन गरी परीक्षणको लागि पोखरा पठाइएको थियो । स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेललेका अनुसार नगरमा रहेका विभिन्न क्वारेन्टीनमा अहिले ५२ जना रहेको बताउँदै क्वारेनटाइनमा रहेका समय अवधि अनुसार स्वाव संकलन गरी परीक्षणलाई तिव्रता दिएको बताउनुभयो यसैविच हिजो सम्म नवलपुर जिल्लामा भारतबाट ११ सय ३१ र अन्य जिल्लाबाट ९५ जना भित्रिएका छन् । जिल्लामा हालसम्म ३१० जनाको स्वाव पीसीआर विधिबाट परीक्षण सम्पन्न भएको र ९ जनामा वाहेक सवै नेगेटिभ रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

यसैविच गैडाकोटको स्वावहरु नेगेटिभ आउदा गण्डकी प्रदेशमा भने थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

आज पोजेटिभ देखिएकाहरु स्याङ्जा जिल्लाका ५ जनामा र पर्वतमा ५ जनामा कोरोना देखिएको हो । स्याङ्जा चापाकोट नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २० का १ जना पुरुष गरि स्याङ्जा जिल्लामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष १९, २० र २१ का ३ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उहाँहरु सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

Share.

Leave A Reply