दुध विक्रिवितरणमा रोक लगाइएको छैन ः सीडिओ भट्टराई । सेना प्रहरी सवैलाई दुध किन्न लगाऔँ ः चितवनका किसान

0

डोलराज रानाभाट, १९ जेठ । चितवन जिल्लामा दुध को विक्रि वितरण नरोकिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले प्रष्ट पार्नुभएको छ । दुधलाई अत्यावश्यक वस्तुमा राखेर नै आफूले सोही अनुसारको निर्देशन दिएको उहाँले बताउनुभयो । यद्यपी सामाजिक दुरी कायम गर्न भने उहाँको सुझाव छ ।

२० औं अन्तराष्ट्रिय तथा १० औं राष्ट्रिय दुध दिवसको अवसरमा सोमबार चितवनका दुग्ध व्यवसायीक किसानहरुसंग कुराकानी गर्दै उहाँले विहान वेलुका दुध विक्रि वितरणमा रोक नलगाएको बताउनु भएको हो । तर किसानहरुले भने प्रशासनको नीति र निर्देशन प्रहरीले वुझ्नै नसकेको बताएका थिए । डेरी भनेको दुध वेच्ने नभई अन्य पसल हो भन्दै किसानलाई कुटेको समेत गुनासो गरेका थिए । त्यो विषयमा आफूले वुझ्ने बताउँदै भट्टराइले दैनिक ३ लाख वढि दुध उत्पादन हुने र ४० प्रतिशत चितवनमा खपत भएरपनि ६० प्रतिशत वाहिर विक्रि गर्ने किसानहरुको मेहनतलाई आफूले सधैँ सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“दाना चोक्करमा सिण्डीकेट रहेछ । म एक्लैले चाहेर नियन्त्रण हुन सक्दैन । तर पनि मेरो प्रयास जारी छ । पराल ल्याउन लैजान रोकेका छैन । ”


चितवनलाई दुधमा आत्मनिर्भर गराएका किसानहरु अहिले भने उत्पादीत २५ प्रतिशत मात्रै विक्रि भएको अरु सवै घरमा खाने, छिमेकीलाई वाँड्ने र सडकमा फाल्नुपर्ने अवस्था सृजना भएको भन्दै वजारीकरणमा सहयोग गर्न प्रशासनलाई आग्रह गरेका थिए । यही अवस्था ३ देखि ४ महिना लम्वियो भने अव गोठमा गाई नभई मानिस नै सुत्नुपर्ने अवस्था आउने भन्दै समयमै सरकारले दुध विक्रिमा पहल थाल्न आग्रह गरेका थिए । ।

अहिले दाना चोक्करको मूल्य वढ्ने तर उत्पादीत दुध विक्रि नहुने यो समस्या लम्विए किसानको अवस्था भयावह हुन सक्ने तर्फ समयमै सचेत हुन पनि आग्रह गरिएको छ । अहिलेको समय रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने समय भएकाले पनि सवै सरकारी कार्यालयका कर्मचारीले घ्यु खरिद गर्नुपर्ने र नेपाली सेना, प्रहरी सशस्त्रलाई दुध दही घ्यु आदि खरिद गर्ने व्यवस्था मिलाएर बजारीकरण गर्न किसानहरुको माग छ । त्यसमा मूल्य घटनाउन पनि आफूहरु तयार रहेको उनीहरुले बताए ।

Share.

Leave A Reply