साँझपख १३ जना नयाँ कोरोना संक्रमित थपिए, कुल सख्या १८ सय ११ पुग्यो

0

प्रेम क्षेत्री जेठ १९, गैंडाकोट । नेपालमा कोरोना संक्रमितको सख्या १८ सय ११ जना पुगेका छन् । जसमा पुरुष १ हजार ६ सय ७९ जना र महिला १ सय ३२ जनामा यसको संक्रमण देखिएको हो । अघि साँझ प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको कोरोना परीक्षणमा थप १३ जनामा भाइरस पोजेटिभ देखिएको जनसख्या तथा स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।

यस अघि दिउसो भएको पत्रकार सम्मेलनमा संक्रमितको सख्या आज एकै दिन २२६ जनामा देखिएको थियो । आज साँझ नयाँ संक्रमण देखिएका मध्ये पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका ६ वर्षीय वालक, पाल्पा निदस्दीका दुई जना पुरुष, गुल्मी रेसुगा नगरपालिकाका एक पुरुष, कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिकामा ७ जना पुरुष र रुपन्देही जिललाको गैडहवा गाउँपालिमाका ३ वर्षीय वालिका र एक पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यस अघि पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ५९ जिल्लामा यसको संक्रमण देखिएको जानकारी दिनुभयो । उहाँले प्रदेश १ का ९ वटा जिल्लामा १६८ जना, प्रदेश २ का सबै ८ वटा जिल्लामा ६९४ जना, बागमती प्रदेशका १२ जिल्लामा ४६ जना, गण्डकी प्रदेशका ६ जिल्लामा २६ जना, प्रदेश ५ मा पछि थपिएका १३ जना सहित कुल ६३४ जना, कर्णाली प्रदेशका ५ वटा जिल्लामा १९८ जना र सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लामा ४५ जनामा संक्रमण देखिएको छ । ४८ जना महिला र १७३ पुरुष गरि हालसम्म २२१ जना निको भई घर फर्किएका छन् । मृत्यु हुनेको सङ्ख्या ८ रहेको छ । नेपालमा संक्रमण रोक्न सरकारले गरेको लकडाउन जारी छ । आज लकडाउन ७० औं दिनमा पुगेको छ ।

Share.

Leave A Reply