नवलपुरमा आईसोलेसन बेडको पूर्वतयारी आवश्यक

0


प्रेम क्षेत्री
गैंडाकोट । नवलपुरमा आईसोलेसन बेडको तयारी नहुँदा समस्या उत्पन्न हुने देखिएको छ ।

जिल्लामा रहेको एकमात्र जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा ३ वटा मात्रै आइसोलेसन वेड खालि थिए । जहाँ आज कोरोना संक्रमण देखिएका तिन जनालाई यहाँ राखेपछि यहाँ आइसोलेसन बेड खालि रहने छैन । जसका कारण भोलीका दिनमा समस्या निम्तने देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । यसको तयारीमा नजुटे परिस्थिती जटिल बन्न सक्ने उहाँ बताउनुहुन्छ ।

चितवनले फरक जिल्ला, फरक प्रदेश भन्दै नवलपुरका बिरामी भर्ना नलिने जनाएपछि जिल्लामा नै आईसोलेसनको व्यवस्था गरिएको थियो । जिल्लामा धमाधम भारतबाट आउने क्रम जारी रहेको र क्वारेन्टीनमा रहेकाहरुको परिक्षण समेत भईरहेको छ । यदि कोरोना देखिएको खण्डमा नवलपुरमा वेड अभाव हुने देखिएकाले सम्बन्धित पक्ष सबैले यस विषयमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

कोरोना संक्रमण देखियो भनेर आत्तिनु भन्दापनि तत्काल आइसोलेसन वेडको व्यवस्थापन गर्नमा केन्द्रीत हुन आवश्यक रहेको उहाँको भनाई छ ।

Share.

Leave A Reply