कावासोतीमा पनि कोरोना संक्रमित फेला, नवलपुरमा ९ र देशभर संक्रमितको सख्या १६१३ पुग्यो

0

डोलराज रानाभाट, १९ जेठ । नवलपुर जिल्लाको कावासोती नगरपालिकामा रहेको व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । कावासोती नगरपालिका ठेगाना भई सोही नगरपालिकाको क्वारेनटाइनमा वस्ने कावसोती १ का  वर्ष २२ र कावासोती १२ का २६ वर्षका दुई जना पुरुष, विनयी त्रिवेणी गाउँपालिका ३  ठेगाना भएका १४ वर्षीय पुरुषमा आज संक्रमण पुष्टी भएको हो । उनीहरुको  कोरोना परीक्षण प्रयोगशाला पोखरामा   गरिएको थियो । यो सँगै नवलपुर जिल्लामा कोरोना संक्रमितको सख्या ९ पुगेको छ । आज सम्मको विवरण अनुसार देवचुली नगरपालिकामा ५ जना, विनयी त्रिवेणी गाउँपालिकामा २ जना र कावासोती नगरपालिकामा २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । जसमध्ये देवचुली माइत भएकी १ जना महिला भने उपचार पछि निको भई घर फर्कि सक्नुभएको छ ।संक्रमित तीन जनालाई मध्यविन्दु अस्पतालको आइसोलेसन वार्डमा लैजाने तयारी गरिएको छ ।

नवलपुर जिल्लामा पहिलो पटक जेठ १ गते कोरोना संक्रमित व्यक्ति भेटिएको थियो । उहाँ देवचुली १२ का ४९ वर्षीय पुरुष हुनुहुन्छ । बैशाख ३१ गते भरतपुरको प्रयोगशालामा परीक्षण गर्दा उहाँमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उहाँलाई भरतपुर कोरोना अस्थायी अस्पतालमा राखेर नै उपचार गरिएको छ ।

यस्तै स्वास्थ्य तथा जनसख्या मन्त्रालयले हिजो गरेको पत्रकार सम्मेलनमा एकै दिन १६६ जनामा कोरोना संक्रमण पुष्टी भएको बताएसँगै देशभर संक्रमितको सख्या १५६७ पुगेको थियो । तर साँझ पख पुन ४३ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको सख्या १६१० पुगेको थियो । थपिएका मध्य दैलेखका २४ जना र जुम्लाका १९ जना रहेका छन् । मन्त्रालयले भने अपडेट गरेको छैन । यस्तै आज विहानै गण्डकी प्रदेशको नवलपुर स्थित कावासोती र विनयी त्रिवेणीमा संक्रमित फेला परेसँगै देशमा कोरोना संक्रमितको कुल सख्या १ हजार ६ सय १३ पुगेको छ । हालसम्म ८ जनाको मृत्यु भइसकेको छ ।

हिजो साँझ दिइएको जानकारी

Share.

Leave A Reply