सीमामा अलपत्र स्थानीयललाई लिएर दाङ हिँडेको बस दुर्घटना, ११ जनाको मृत्यु

0

डोलराज रानाभाट,१९ जेठ । भारतबाट फर्किएका स्थानीयलाई लिएर दाङ हिँडेको वस र्दुघनामा परेको छ ।

दुर्घटनामा परी ११ जनाको मृत्यु भएको भेरी अञ्चल अस्पतालले जनाएको छ । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगन्जबाट दाङ तर्फ गैरहेको ना ५ ख ५९९५ नम्वरको गाडी बाँकेको अगैयामा दुर्घटना भएको हो ।

रोकि रोखको ट्रकमा गएर ठोक्कीदा दुर्घटना भएको र चालक सहित वसमा ३३ जना सवार रहेका थिए । मृत्यु हुने ११ जनामा १० पुरुषं र १ महिला रहेका छन् । बाँकी २२ जनाको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । जसमा २१ पुरुष १ महिला रहेका छन् । ४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

Share.

Leave A Reply