नेपाल भारत सीमामा अलपत्र बुलिङ्टारका स्थानीयलाई गाउँपालिका ल्याइयो,मंगलवारबाट पीसीआर परीक्षण गरिने

0

मनप्रसाद भाट

१८ जेठ, बुलिङ्टार । भारतीय सीमामा अलपत्र परेका बुलिङ्टारका स्थानीयलाई गाउँपालिकाले उद्दार गरेको छ । सुनौली नाकाबाट बसमा ल्याई गाउँपालिकाले उनीहरुलाई क्वारेनटाइनमा रखेको छ । गत हप्ता देखिनै गाउँपालिकाका विभिन्न वडाहरुका व्यक्तिहरुलाई ल्याउन सुरु गरिएको थियो ।

अहिले बुलिङ्टार गाउँपालिका वडानम्वर ५ जौवारीको गोरखनाथ आधारभूत विद्यालय राइकोटमा तयार पारिएको क्वारेनटाइनमा २३ जनालाई, वडानम्वर ६ को शिव मावि अत्रौली मा रहेको क्वारेनटाइनमा ३१ जना, वडानम्वर ४ मा रहेको गोरखकाली मावि सिङ्चाङमा २४ जना र त्रिभुवन मावि बुलिङटार वडानम्वर ३ मा ५० जना गरी कुल १२८ जनालाई क्वारेनटाइनमा राखिदै  छ । तर त्रिभुवन माविमा राख्ने ३७ जनालाई भने अाज राति सम्म  ल्याइपुर्याउने भएकाे छ  । अहिले बस उनीहरुलाई लिएर सुनाैलीबाट हिडिसकेकाे छ । अागामी  मंगलबार बाट राइकोटको क्वारेनटाइनमा रहेकाहरुको पीसीआर परीक्षण सुरु गरिने गाउँपालिका अध्यक्ष वस्ताकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखराबाट थप १५० पीसीआर किट मगाएको र त्यसपश्चात अन्य क्वारेनटाइनमा वस्नेहरुको परीक्षण सुरु गरिने बताउनुभयो । हालसम्म गाउँपालिकामा कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् ।

क्वारेनटाइनमा रहेकाहरुलाई खाना, खाजा, वत्ती, पंखा सहित वाइफाइको सुविधा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष शसिकिरण वस्ताकोटीले जानकारी दिनुभयो ।

हप्तामा दुई पटक मासुको समेत व्यवस्था गरिएको अध्यक्ष वस्ताकोटीले बताउनुभयो । क्वारेनटाइनमा रहेकाहरुको सुरक्षाका लागि २४ सै घण्टा सुरक्षाकर्मीका साथै स्वयमसेवकहरु पनि परिचालन गरिएको छ । त्यस्तै क्वारेनटाइमा रहदा देखिन सक्ने स्वास्थ्य समस्या समाधानका लागि २४ सै घण्टा स्वास्थ्यकर्मीले सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कम्ती मा १४दिन कोरेन्टाइन्मा राखिने र एक हप्ता कोरेन्टाइन्मा बसेका को पि सि आर परिक्षण गरिने भएको छ । पहिलो परिक्षण को नतिजा हेरेर थप निर्णय लिने जनाइएको छ भने आज सम्म कोरेन्टाइन्मा बस्नेमा २जना महिला र बाकी सबै पुरुष रहनुभएको छ ।

यसैविच गाउँपालिकाले ७० प्रतिशत अनुदानमा धानको वीउ तथा फौजीकिरा नियन्त्रणका लागि औषधि उपलब्ध गराएको अध्यक्ष शसिकिरण वस्ताकोटीले बताउनुभयो ।  आफूले लगाएका कृषि वालीमा लागेको फौजी किरा मार्ने औषधि र वीउ उपलब्ध गराएकोमा कृषक खुशी भएका छन् । साथै आफ्नो उत्पादन सुरक्षि हुने आशा गरेका छन् ।

Share.

Leave A Reply