नेपालमा आज १६६ जनामा कोभिड–१९ पुष्टी, संक्रमितहरुको सङ्ख्या १ हजार ५ सय ६७

0


प्रेम क्षेत्री जेठ १८, गैंडाकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । निको हुने क्रम तिव्र रहेपनि यसको संक्रमण भने घटेको छैन । विश्वभर बढ्दो रुपमा रहेको कोरोना भाइरस नेपाल पनि पछिल्ला दिनमा तीव्र रुपमा बढेको छ । नेपालमा आज १६६ जनामा कोभिड–१९ का पुष्टी भएसँगैं संक्रमितहरुको सङ्ख्या १ हजार ५ सय ६७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६६ जनामा संक्रमण पुष्टि भएको हो । उहाँका अनुसार तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएको पुष्टि भएको छ । शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टीनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये १ जना मात्र निको भएका छन् । डिस्चार्ज हुनेमा मकवानपुर हेटौडाकी १ महिला हुन् । उनी भरतपुर अस्पतालबाट आज डिस्चार्ज भएकी हुन् । यो सँगै कोरोना जितेर अहिलेसम्म २२० जना अस्पतालबाट घर फर्किएका छन् । हालसम्म नेपालका ७७ जिल्लामध्ये ५७ जिल्लामा यसको संक्रमण पुष्टि भएको छ ।

Share.

Leave A Reply