गण्डकी प्रदेश सरकारको आज प्रस्तुत नीति तथा कार्यक्रमको पूर्ण पाठ सहित

0

तस्विर ः विक्रम न्यौपाने (मुख्यमन्त्री प्रेस सल्लाहकार )

डोलराज रानाभाट, १८ जेठ, गैडाकोट । समृद्ध प्रदेश र सुखी प्रदेशवासीको लक्ष्य प्राप्तिका लागि गण्डकी प्रदेश सरकार क्रियाशील रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पोखरा स्थित गण्डकी प्रदेश सभाको छैंठौ अधिवेशनको आठौं बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गुर्नभएको हो ।

तस्विर ः विक्रम न्यौपाने (मुख्यमन्त्री प्रेस सल्लाहकार )

उहाँले नवलपुरका विभिन्न स्वास्थ्य संस्थामा सर्पदंशको उपचारको व्यवस्था मिलाईने नीति तथा कार्यक्रममा उल्लेख गर्नुभयो । नीति तथा कार्यक्रममा मध्यविन्दु अस्पतालको भवन निर्माण कार्यलाई निरन्तरता दिईने उल्लेख छ । स्थानीय तहसँगको साझेदारीमा एकिकृत जनस्वास्थ्य कार्यक्रम सञ्चालन गरिने, नवलपुरको लोकहा खोलामा उद्योग ग्राम स्थापना गरिने उल्लेख गर्नुभयो । नवलपुरको धौवादीमा फलामखानी सञ्चालन गर्न स्थानीय तह र संघीय सरकारसँग साझेदारी गरिने बताउनुभयो । मानव वन्यजन्तु द्धन्द्ध कम गर्न नवलपुरमा तारबार कार्यक्रम सञ्चालन गरिने जनाईएको छ ।

त्यस्तै मनाङ र मुस्ताङ जिल्लाका अस्पतालमा २ शय्या र बाँकी सबै जिल्लाका ९ अस्पतालमा ५ शय्याको सघन उपचार कक्षको स्थापना गरिनेछ । नेपाल सरकारसँगको सहकार्यमा जिल्ला अस्पताललाई २५ देखि ५० शय्या र धौलागिरी अस्पताललाई २०० शय्याको जनरल अस्पतालमा स्तरोन्नति गरिनेछ । ५० शय्याका अस्पतालमा आँखा उपचार सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्दै लगिनेछ। मृगौला पीडित बिरामीका लागि सञ्चालित डायलाइसिस सेवालाई प्रभावकारी बनाइनेछ । नेपाल सरकारसँगको सहकार्यमा बागलुङको बुर्तिबाङ, लमजुङको सुन्दरबजार, तनहुँको बन्दिपुर, स्याङ्जाको गल्याङ् र भिरकोट तथा गोरखाको आँपपिपल अस्पताललाई सुदृढीकरण गर्न र पोखराको शिशुवामा बाल अस्पताल स्थापना गर्न आवश्यक सहयोग गरिने नीति तथा कार्यक्रममा छ ।

सवै अध्ययनका लागि क्लिक गर्नुहोस् ।

Gandaki Pradeshs Niti Tatha Karyakram_2077_Fiinal

Share.

Leave A Reply