गण्डकी प्रदेशको नीति तथा कार्यक्रम (नवलपुरमा के-के परे प्राथमिकतामा ?)

0


प्रेम क्षेत्री
जेठ १८, गैंडाकोट । समृद्ध प्रदेश र सुखी प्रदेशवासीको लक्ष्य प्राप्तिका लागि गण्डकी प्रदेश सरकार क्रियाशील रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पोखरा स्थित गण्डकी प्रदेश सभाको छैंठौ अधिवेशनको आठौं बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गुर्नभएको हो ।


उहाँले नवलपुरका अस्पतालमा सर्पदंशको उपचारको व्यवस्था मिलाईने नीति तथा कार्यक्रममा उल्लेख गर्नुभयो । नीति तथा कार्यक्रममा मध्यविन्दु अस्पतालको भवन निर्माण कार्यलाई निरन्तरता दिईने उल्लेख छ । स्थानीय तहसँगको साझेदारीमा एकिकृत जनस्वास्थ्य कार्यक्रम सञ्चालन गरिने, नवलपुरको लोकहा खोलामा उद्योग ग्राम स्थापना गरिने उल्लेख गर्नुभयो । नवलपुरको धौवादीमा फलामखानी सञ्चालन गर्न स्थानीय तह र संघीय सरकारसँग साझेदारी गरिने बताउनुभयो । मानव वन्यजन्तु द्धन्द्ध कम गर्न नवलपुरमा तारबार कार्यक्रम सञ्चालन गरिने जनाईएको छ ।


नवलपुरको कावासोतीमा संघ र स्थानीय सरकारसँगको समन्वयमा सरकारी कार्यालयका भवनका लागि एकिकृत नमुना कार्यक्रम अघि वढाईने नीति तथा कार्यक्रममा समावेश छन् ।
नवलपुरमा राष्ट्रिय विद्युत नपुगेका क्षेत्रमा विद्युत विस्तार गरिने उल्लेख गरिएको छ ।
प्रदेशका सबै घरमा खानेपानी पु¥याउन आयोजना सञ्चालन गरिने छ । जीवन रक्षा कोष स्थापना गरि उद्यमशिलता र स्वरोजगार कार्यक्रम सञ्चालन गरिने छ ।


सरकारले आगामी वर्ष स्वास्थ्य तथा कृषि क्षेत्रलार्ई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेटको तयारी भइरहेको जनाएको छ । कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाबाट संकटमा परेको अर्थतन्त्रलाई चलायमान बनाउने, स्वास्थ्य उपचार र पूर्वाधार निर्माणमा जोड दिने, कृषि क्षेत्रको यान्त्रीकरण र आधुनिकीकरणका माध्यमबाट रोजगारी सिर्जना तथा उत्पादकत्व वृद्धिको योजनालाई मुख्यगरी आगामी वर्षको नीति कार्यक्रममा समेटिएको छ । नीति तथा कार्यक्रम विजय एफएम १०१.६, धधध।खष्वबथबाm।यचन।लउ र १०१.६ विजय एफएम नामको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

Share.

Leave A Reply