गण्डकी प्रदेशको नीति तथा कार्यक्रम अहिले प्रस्तुत हुँदै

0


प्रेम क्षेत्री
जेठ १८, गैंडाकोट । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम अहिले सदनमा प्रस्तुत गर्दैछ ।

प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै हुनुहुन्छ ।

सरकारले आगामी वर्ष स्वास्थ्य तथा कृषि क्षेत्रलार्ई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेटको तयारी भइरहेको जनाएको छ । कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाबाट संकटमा परेको अर्थतन्त्रलाई चलायमान बनाउने, स्वास्थ्य उपचार र पूर्वाधार निर्माणमा जोड दिने, कृषि क्षेत्रको यान्त्रीकरण र आधुनिकीकरणका माध्यमबाट रोजगारी सिर्जना तथा उत्पादकत्व वृद्धिको योजनालाई मुख्यगरी आगामी वर्षको नीति कार्यक्रममा समेटिएको बताईएको छ ।

पोखरा स्थित गण्डकी प्रदेश सभाको छैंठौ अधिवेशनको आठौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत भईरहेको हो । नीति तथा कार्यक्रम विजय एफएम १०१.६, www.vijayafm.org.np र १०१.६ विजय एफएम नामको आधिकारिक फेसबुकपेजबाट प्रत्यक्ष प्रसारण भईरहेको छ ।

Share.

Leave A Reply