विहानको झरीले पहिरो जाँदा गैडाकोट ६ का तीन घर जोखिममा

0

डोलराज रानाभाट, १८ जेठ । आज विहानभर परेको झरीका कारण गएको पहिरोले गैडाकोट ६ महादेव भ¥याङका तीन घर जोखिममा परेका छन् । नारायणी नदी किनारमा रहेको घर पछाडीको भागमा पहिरो गएपछि वडाअध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, विपतमा हामी,जेसीवी र स्थानीय मिलेर भल काटिएको छ । सोही ठाउँकी नानुमाया परियारले विहान ९ बजेको समयमा आफ्नो घरको भान्छा कोठा नै बगेको बताउँदै अर्को घरको चर्पीको सेफ्टी ट्याङ्की नै बगाएको बताउनुभयो ।

सोही ठाउँमा रहेको अर्को छिमेकीको घरको पछाडीको भागमा पहिरो गएको छ । पहिरोका कारण आफूहरु राम्रोसँग बस्न नसकेको भन्दै उक्त डीलमा रहेका सवै घर जोखिममा रहेको उहाँले बताउनुभयो । वडा र नगरले तटवन्ध नगरेका कारण समस्या भएको भन्दै आफूहरुलाई ढुक्कले वस्न पाउनुपर्ने व्यवस्था गरिदिन आग्रह गर्नुभयो । स्थानीय किसान गुरुङले आफूहरुले पटक पटक तटवन्धनका लागि आग्रह गरेपनि सुनुवाई नभएको भन्दै आफू टोलविकास संस्थाको अध्यक्ष भएकाले सुकुम्वासी वस्ती जोगाउन पटक पटक स्थानीय सरकारकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।

वडासदस्य दल वहावदुर थापाले लगातार पानी परेका कारण बलेनीको दबाबले माटो मासिएको बताउनुभयो । नदीबाट ५ सय मिटर पर वस्नुपर्ने भएपनि त्यसो नहुँदा समस्या भएको बताउनुभयो ।

अव आफूले पनि तटवन्धन गर्ने कार्यमा जोड दिने बताउनुभयो । वडाअध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले वडामा एउटा निवेदन दिन आग्रह गर्दै आफूले नगरप्रमुख सहित एक पटक स्थलगत निरीक्षण गराउने र क्षतीपूर्ति सहित सुरक्षित वासको पहल गर्ने बताउनुभयो । वालुवा माटो भएका कारण नदी किनारबाट कम्तिमा ५ सय मिटर पर घर बनाउनुपर्ने भएपनि त्यसो नभएको भन्दै तत्काल बलेनी पानी कटाउन सुझाव दिनुभएको छ ।

Share.

Leave A Reply