नवलपुरका सांसद सत्यनारायण खनालले सरकार मादलको धुनमा मस्त भनेपछि…(पूर्ण पाठ)

0


प्रेम क्षेत्री,

जेठ, १८, गैंडाकोट । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा नवलपुरका सांसद सत्यनारायण शर्मा खनालले कोरोना महामारी नियन्त्रणका लागि परीक्षणको दायरा बढाइ सम्बन्धित क्षेत्रमा स्वास्थ्य सामग्रीको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

साथै उहाँले खेतीको समय शुरु भएको जनाउँदै मल, बीउ र औषधीको व्यवस्था हुन नसकेको बताउनुभयो । उहाँले कोरोना या भोकमरीको कुन महामारीले मर्नु पर्ने हो भन्ने चिन्ता समेत व्यक्त गर्नुभएको छ ।

कपीमा लेखेर उहाँले जस्ताको तस्तै वाचन गर्नुभएको थियो ।

उहाँले शुन्य समयमा बोलेका अंशहरु जस्ताको तस्तै :

सम्माननीय सभामुख महोदय,
कोरोनाले पुरै विश्वलाई ढाकिसक्दा पनि हामिकहाँ आवश्यक स्वास्थ्य सामग्रीहरुको अझै व्यवस्था हुन सकेको छैन । जब हजारौ भोका नेपालीहरुको हुल सिमामा आईपुग्यो । सरकार आत्तियर उनको चेकअप पनि नगरि तुरुन्दै दुर्गम गाउँहरुमा पठाउन थाल्दै छ । जहाँ न हस्पिटल, न औषधी, न स्वास्थ्यकर्मी, न आवश्यक क्वारेन्टाईनको व्यवस्था छ । खेतीको समय शुरु भएको छ । मल, बीउ र औषधीको व्यवस्था छैन । डरलाग्दो सलहको हुल छिमेकमा आईपुगेर यतै हेर्दैछ । यस्तो बेला सरकार भने मिठो मादलको धुनमा मस्त छ । जनताहरु कोरोना या भोकमरीको कुन महामारीले बग्नु पर्ने हो थाहा छैन । धन्यवाद् ।

Share.

Leave A Reply