गैंडाकोटमा आज २१ जनाको स्वाव संकलन, आजै पोखरा पठाइयो

0


डोलराज रानाभाट,

१८ जेठ, गैंडाकोट ।
गैंडाकोट नगरपालिकाभित्रका क्वारेन्टीनमा रहेका २१ जनाको आज स्वाब संकलन गरिएको छ ।

विभिन्न समयमा आएर विद्यालयमा बनाइएका क्वारेन्टीनमा रहेका १८ जना र ३ स्वास्थ्यकर्मी गरि २१ जनाको आज बिहान स्वाब संकलन गरिएको हो । उनिहरुको लक्ष्मी मावि अमरापुरीमा स्वाब संकलन गरी परीक्षणको लागि पोखरा पठाइएको छ । उनीहरुको आज नै रिपोर्ट आउने गरी परीक्षणका लागि आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

आज नभ्याईएको खण्डमा पनि भोली बिहान सम्ममा रिपोर्ट आउने उहाँको भनाई छ । गैंडाकोटकै प्राविधिक स्वास्थ्यकर्मीहरुले स्वाब संकलन गरेका हुन् ।

पीसीआर परीक्षणको दायरा बढाउने नगरप्रमुख छत्रराज पौडेलले बताए अनुसार अहिले स्वाब संकलन र परीक्षणलाई तीव्रता दिईएको हो । नगरभित्र भिटिएम अभाव हुन आफू सचेत रहेको नगरप्रमुख पौडेलले बताउनुभएको छ ।

Share.

Leave A Reply