संविधान संशोधन विधेयक पेश

0


जेठ १८, काठमाडौँ । सरकारले आज प्रतिनिधि सभाको बैठकमा संविधान संशोधनको विधेयक पेश गरेको छ ।

जारी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्नुभएको हो ।

सो प्रस्तावका विषयमा कुनैपनि सांसदले विरोध नगरेपछि बैठकको अनुमती रहेको सभामुखले घोषणा गर्नुभएको थियो ।

नेपालको नक्सामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको हो ।

Share.

Leave A Reply