किसान साकोसले दियो गैडाकोट नगरपालिको राहत कोषमा १ लाख ४१ हजार

0

डोलराज रानाभाट, १८ जेठ, गैडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैडाकोट नगरपालिकाको राहत कोषमा १ लाख ४१ हजार रुपैया सहयोग गरेको छ । आज सो वरावरको चेक संस्थाका अध्यक्ष श्रीहरी चालिसे ले नगरप्रमुख छत्रराज पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।

नगरपालिका मै पुगेर सामाजिक दुरी कायम गर्दै कोभिड १९ का कारण समस्यामा परेका जनतालाई राहत सहयोग हुने गरी चेक हस्तान्तरण गरेको अध्यक्ष श्रीहरी चालिसेले बताउनुभयो । कोरोना भाइरस कोभिड १९ को सक्रमण फैलन नदिन गरिएको लकडाउन बाट प्रभावित जनतालाई सहयोग पुग्ने उद्देश्यले सहकारीका १३५ कर्मचारी, संचालक तथा व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरुले गरेको योगदानबाट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको चालिसेको भनाई छ ।

सहकारीको कार्यक्षेत्र रहेको नवलपुरका  स्थानीय तह, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र देवघाट गाउँपालिकालाई यसै गरी सहयोग गर्ने बताउँदै अध्यक्ष चालिसेले गैडाकोटमा हस्तान्तरण सहित आज बाट सहयोग कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।

कोभिड १९ विरुद्ध लड्न संस्थाले एम्वुलेन्स, क्वारेनटाइन निर्माणका लागि भवन तथा जनचेतनाका कार्यक्रम पनि संचालन गरेको बताउँदै आपत र विपतमा किसान सधैँ सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

कार्यक्रम संचालन गर्दै सचिव अनिल सापकोटाले कोभिड १९ बाट समस्यामा परेका सहकारीका ऋणीहरुलाई व्याज तथा हर्जनामा गरी ८ लाख वरावराको सौलियत उपलब्ध गराएको बताउनुभयो । 

चेक ग्रहण गर्दै नगरप्रमुख छत्रराज पौडेलले स्वास्थ्य संकटकालिन यो अवस्थामा कोराना विरुद्ध सँगै लड्न नगरपालिकाले गरेको आह्वानलाई आत्मसाथ गर्दै सहयोग गर्नु भएकोमा धन्यवाद दिनुभयो । अहिलेको अवस्थामा जनतालाई संरक्षण र संवद्र्धन गर्न क्वारेनटाइन निर्माणका लागि भवन उपलब्ध, एम्वुलेन्स सेवा लगायतमा भएको सहकार्यप्रति कृतज्ञ रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले किसानले गरेको कार्यहरु प्रशसनीय भएको बताउनुभयो ।

कार्यक्रममा गैडाकोट १० का वडाअध्या देवीदत्त कडेँल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य,सहकारीका कोषाध्यक्ष प्रेम सापकोटा,लेखा संयोजक चिन्तामणी कडेँल, निवर्तमान अध्यक्ष गोपाल प्रसाद गौतम,संस्थाका वरिष्ठ अधिकृत गणेश शर्मा  लगायतको उपस्थिती थियो ।

Share.

Leave A Reply