नेपाल दलित समाज, गैंडाकोट १०–१३ को गैंडाकोटमा प्रदर्शन

0


जेठ १७ गैंडाकोट ।
रुकुम पश्चिम चौरजहारीमा पाँच जनाको मृत्यु र एक जना वेपत्ता भएको घटनाको सत्य तथ्य छानविन गर्दै दोषीलाई कानुनसम्मत कारबाही गर्न माग गर्दै गैंडाकोटमा नेपाल दलित समाज, गैंडाकोट १०–१३ मुकुन्दपुरले विरोध ¥याली निकालेको छ ।

मुकुन्दपुरको पितौजीदेखी बेल्डिहासम्म श्रद्धाञ्जली तथा शान्तिपुर्ण बिरोध प्रदर्शन गरेको हो । समाजले घाईते हरुको निःशुल्क उपचार र पिडितलाई उचित क्षतिपुर्तीको माग समेत गरेको छ । प्रदर्शनका सहभागीले जातिय भेदभावको अन्त्य गरौं, रुकुमको घटनाका दोषिलाई कारवाही गर, छुवाछुतको अन्त्य गर लेखिएका प्ले कार्ड बोकेका थिए ।

¥याली पछिको कोणसभामा बोल्ने वक्ताहरुले घटनाको सत्य तथ्य छानविन गर्दै दोषीलाई कानुनसम्मत कारबाही गर्न माग गरेका थिए । समाजका सचिव ज्ञानु रम्तेलले दोषीलाई कारवाही र पिडितलाई न्याय नहँुदा सम्म आन्दोलन जारी रहने बताउनुभयो ।

विक थरका युवाले मल्ल थरकी युवतीसँग प्रेम गरेको र युवती भगाउन जाजरकोटबाट दलबलसहित आएका युवाहरुलाई रुकुममा कुटपिट गरी मारेको घटनाको सर्वत्र विरोध भइरहेको छ । १९ जना युवामध्ये हराएकामध्ये ५ जनाको शव फेला परेको छ भने बाँकी एकजना अझै हराइरहेका छन् ।

Share.

Leave A Reply